Thursday, January 5, 2017

सही कुटनीतिले कोरला नाका खुल्छ : मन्त्री थकाली

बागलुङ, २१ पुस । वाणिज्य मन्त्री रोमी गौचन थकालीले नेपाल–चीन जोड्ने कोरला नाका खोल्न सही कुटनीति आवश्यक पर्ने बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ बागलुङको ५३ औँ वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै मन्त्री थकालीले भाषणले नाका नखुल्ने दाबी गर्दै नाका खोल्न चीन र भारत दुवै छिमेकीलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्नुभयो ।

“कोरला नाकाबारे बढी हल्ला–खल्ला भएको छ, यो नगरौं’ मन्त्री थकालीले भन्नुभयो ‘सही कुटनीति प्रयोग गरौँ, नाका खुल्छ ।” मुस्ताङका सांसद् समेत रहनुभएका मन्त्री थकालीले सरकारले बजेट छुट्टाउँदैमा पनि नाका खुल्ने अवस्था नरहेको बताउनुभयो ।

“चीनको राष्ट्रिय सुरक्षामा कुनै प्रश्न उठ्न दिनुहुन्न, यता भारतलाई पनि नाका खोल्दा नेपालमा चीनको प्रभाव बढेको महसुस हुनु हुन्न” मन्त्री थकालीले भन्नुभयो ।

“ठेकेदारले ढिलाइ गरेनन् भने आगामी तीन वर्षभित्रमा जोमसोमसम्म सडक कालोपत्रे हुन्छ, जसको लागि सरकारले चार अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्टाएको छ” मन्त्री थकालीले भन्नुभयो ।

उहाँले कोरला नाकासम्म पुग्ने सडकलाई पनि दुई ‘लेन’को बनाइएको उल्लेख गर्नुभयो । आफूले वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि धेरै सुधारका प्रयास गरेको मन्त्री थकालीको भनाइ छ । उहाँले उद्यमी, व्यवसायीमैत्री नीति ल्याउन मन्त्रालयले गृहकार्य गरेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले मुलुकले आन्तरिक उत्पादन क्षमता बढाउनुपर्ने बताउनुभयो । उहाँले निर्यातमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने पनि उल्लेख गर्नुभयो ।

सो अवसरमा बागलुङका सांसद् प्रकाश शर्मा पौडेल, चम्पादेवी खड्कालगायतले जिल्लाको विकास र समृद्धिका बारेमा धारणा राख्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...