Tuesday, January 17, 2017

“नुन चिनी पानी” अमेरिकाको जोड्दार प्रस्तुती

सानै देखी हांस्य-ब्याङ्गमा रमाउने हांस्य कलाकार अर्जुन दाहाल अहिले अमेरिकाको कनेक्टिकट राज्यमा बस्नुहुन्छ । करिव १२ बर्ष देखी अमेरिकामा बस्दै आएका अर्जुन र अन्य केहि हांस्य ब्याङ्गकारहरु मिलेर “नुन चिनी पानी अमेरिका” नामको एक संस्था खोलेर क्यानडा ,नेपाल र अमेरिकाका भिभिन्न स्टेटहरुमा हांस्यब्याङ्ग गर्दै आउंनु भएको छ ।

माघे सक्रान्तिको अवसरमा मगर समाज न्यू-योर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा अर्जुन हांस्य भन्दा पनि समसामयिका बिषयमाथी जोड्दार व्याङ्ग गरेर चर्चामा आए । नेपालको राज्निती , सिनेमा छेत्र , सामाजिक अवस्था देखी अमेरिकि परिवेससम्म ब्याङ्ग गरेका अर्जुनले अमेरिकामा नजिकिदै गरेको एन आर एनको चुनावमा भएका र हुनसक्ने गतिबिधी माथी गतिलो झटारो हानेका थिए ।

गएको दशैंको अवसरमा क्यानडाको ओन्टेरियोमा आयोजना गरिएको सांस्कृतिक बिशेश कार्यक्रममा प्रभाबकारी प्रस्तुती दिएर थप चर्चामा आएका अर्जुन दाहाल आफ्नो हांस्य ब्याङ्ग प्रस्तुतीलाई निरन्तरता दिन नै “नुन चिनी पानी” अमेरिकाको जन्म भएको उल्लेख गर्नुहुन्छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...