Monday, January 16, 2017

भर्जिनियामा दुई दाजुभाईलाई बन्धक बनाएका बन्दुकधारी मारिए

जनवरी १६ ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया को हर्नडन सहरमा दुई दाजुभाईलाई बन्धक बनाई गोलि प्रहार गरेका बन्धुक धारीलाई फेयर फ्याक्स प्रहरी द्वारा मारिएका छन् l

हर्नडन शहर स्थित शहरी घर(टाउन हाउस )मा बन्धक परेका दुई दाजुभाईले २ :४० मा प्रहरीलाई ९११ मा खबर गरेका थिए l उनीहरु बीच झडप भए पछि गोलि प्रहार गरेका थिए l

दाजुभाई भाग्न सफल भएका थिए भने संदिग्धले उनीहरुलाई बन्धक घरमा बनाएका थिए l प्रहरी र उनि बीच दोहोरो सम्झौता सम्बन्धि कुराकानी भएको थियो भने उनले हाते बन्दुकले निरन्तर चलाई रहेको फेयर फ्याक्स काउन्टीका प्रमुख एडरोस्लरले बताएका थिए l

बन्दुकधारीले दनदनी घरमा आगो बढेता पनि अग्नि नियन्त्रकहरु गोलिबारी चली रहेकोले जान मानेको प्रहरीले जानकारी दिएका थिए l पटक पटक प्रहरीले बन्दुकधारीलाई मनाउने कोसिस गर्दा पनि असफल भए पछि संदिग्ध व्यक्ति चक्कु सहित घर बाहिर आए पछि उनलाई निस्तेज बनाउन रबरको गोलि प्रहार गरिएको र अन्त्यमा बन्दुकधारीलाई गोलि हानिएको प्रहरी प्रमुखले बताए l

संदिग्ध बन्दुकधारीलाई नजिकको अस्पतालमा पुर्याईएको भएता पनि अस्पतालमा मरेको जानकारी प्रहरीले दिएको छ l बन्धकहरु लाई कुनै चोट पटक नलागेको तथा प्रहरी तथा अग्नि नियन्त्रकहरुलाई पनि कुनै चोट पटक नलागेको प्रहरीले जनाएको डब्लुटिओपी डटकममा समाचार छ l

प्रहरीले धन्न कुनै ठुलो दुर्घटना हुन् पाएन भन्दै समुदायलाई धन्यवाद दिएका छन् भने बन्दुकधारी को हुन् र बन्धकहरु बारेमा पनि कुनै सूचना प्रहरीले प्रकाशित गरेको छैन l

तस्बिर : फेयर फ्याक्स काउन्टी प्रहरी 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...