Sunday, January 8, 2017

नेपाली सेनाको गाडी दुर्घटना ३३ जना घाइते

डडेल्धुरा, २४ पुस । शनिबार राति परेको हिमपातका कारण साउखर्कमा अवरुद्ध भएको भीमदत्त राजमार्ग खोलेर फर्कँदा नेपाली सेनाको गाडी दुर्घटना भएको छ ।

हिमपातका कारण अवरुद्ध सडक खोलेर फर्कने क्रममा गरुड दल गण डडेल्धुरास्थित नेपाली सेना चढेको गाडी दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

अवरुद्ध बाटो खोली फर्कने क्रममा साउखर्कभन्दा करिब पाँच सय मिटरयता डडेल्धुरास्थित गरुड दल गणका सेना चढेको गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो । घाइतेमध्ये तीन जना सिकिस्त रहेको गरुड दल गणका सहसेनानी प्रेम बोगटीले बताउनुभयो । घाइते सेनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...