राष्ट्रपति ट्रम्पले अमेरिकन कांग्रेस लाई प्रथम पटक सम्बोधन गरेका छन् l उनले सर्वप्रथम कालो ऐतिहासिक महिना को स्मरण गराउदै धेरै काम गर्नु पर्ने उल्लेख गरे l प्रथम ऐतिहासिक सम्बोधनमा यहुदी को समाधि स्थलको घटना तथा क्यान्सस सिटिमा भारतीय मानिसको हत्या भएको बारेमा समेत चर्चा गरे l
Tuesday, February 28, 2017
हामी अमेरिका भित्र गठन गर्ने आतंकवाद को चौकी बनाउन दिंदैनौं : राष्ट्रपति डोनाल्ड ट्रम्प ,बिशेष तस्बिर सहित
राष्ट्रपति ट्रम्पले अमेरिकन कांग्रेस लाई प्रथम पटक सम्बोधन गरेका छन् l उनले सर्वप्रथम कालो ऐतिहासिक महिना को स्मरण गराउदै धेरै काम गर्नु पर्ने उल्लेख गरे l प्रथम ऐतिहासिक सम्बोधनमा यहुदी को समाधि स्थलको घटना तथा क्यान्सस सिटिमा भारतीय मानिसको हत्या भएको बारेमा समेत चर्चा गरे l सम्बोधन गर्ने क्रममा राष्ट्र नीतिहरूमा हामी विभाजित हुन सक्छौ l घृणा र दुष्ट कार्यको आलोचना गर्छौ भनि आफ्नो भनाई राखे l
अमेरिकाले पहिलो आफ्नै देशको नागरिक राख्नु पर्छ भन्दै त्यसपछि मात्र, हामी साँच्चै, अमेरिकालाई फेरि ठूलो बनाउन सक्छौ भन्ने विचार दोहोर्याए l ट्रम्पले अपराध कम गर्न एक कार्य दल बनाउन न्याय विभाग निर्देशित गरि सकेको र उनले ट्रान्स प्यासिफिक पार्टनरशिप बाट अमेरिका निस्की सकेको पुन :स्मरण गराए l
सम्बोधन कै क्रममा उनले चाँडै मेक्सिको तर्फ ईशारा गर्दै दक्षिणी सीमानामा पर्खाल लगाइने प्रतिज्ञा गरे l अध्यागमनको सन्दर्भमा उनले हाम्रो अध्यागमन कानून लागू गरेर हामी ज्यालामा वृद्धि गर्न सक्ने ,बेरोजगारमा सहयोग गर्न सक्ने ,अरबौं र अरबौं डलर सुरक्षित राख्न सकिने बताए l
समुदायको सबैका लागि सुरक्षित बनाउन आफ्नो चाहना रहेको बताए l हामी सबै अमेरिकीहरु सफल हुन् चाहान्छौ l तर कानूनको पालन नगर्ने अराजकताको वातावरणमा हुन सक्दैन। हामी निष्ठा र हाम्रो सीमाना गर्न व्यवस्थाको नियम पुनर्स्थापना गर्नु पर्छ भने l
उनले हामी नेटोलाइ पूर्ण समर्थन गर्छौ तर हाम्रो साझेदार हरुले आफ्नो वित्तीय दायित्व पूरा गर्नुपर्छ भनि व्यंग गरेका थिए l त्यहाँ उपस्थिति भएकी अमेरिकन नौसेनाका विशेष संचालक वरिष्ठ प्रमुख विलियम रायान्स ओवेन्स जसको येमेनमा मृत्यु भएको थियो l
उनि योद्धा हुन् र आतंकवादी कारवाईमा उनको ज्यान गएको मा मुक्त कण्ठले उनको प्रशंसा गरेका थिए l उनकी विधवा पत्नी क्यारिन जो राष्ट्रपति छोरी इभान्का संगै बसेकी थिइन् उनलाई सम्मान स्वरुप कर्तल ध्वनिले लामो समय सम्म सम्मान गरिएको थियो l र ओबामा केयरलाई तोड्ने र बदल्ने कुरा पुन :दोहोर्याए l
उनले सम्बोधन कै क्रममा लाखौ रोजगार ल्याउने बताए l ट्रंपले “मूल इस्लामी आतंकवाद बाट राष्ट्रलाई बचाउन बिशेष सावधानी अपनाउन प्रशासन ले कदम चल्ने भाषण को क्रममा कुरा राखे l हामी अमेरिका भित्र गठन गर्ने आतंकवाद को चौकी बनाउन दिंदैनौं l हामी हाम्रो राष्ट्रलाई आतंकवादीको शरण स्थल बन्न दिंदैनौं भनि स्पष्ट कुरा राखे l
Nepalese Community in Edmonton Observed International Mother Language Day 2017
The Nepalese community living in Edmonton, Alberta, Canada observed International Mother Language Day 2017 amidst a cultural event at Lansdowne Community Hall on Saturday February 25, 2017. The cultural event was organized by Newa Cultural Society of Alberta (NCSA), a local organization to practice, promote and preserve Newa language, culture and traditions.
The cultural event was inaugurated by Dr. Hemanta Joshi, President of NCSA, lighting up the Panas, a mini traditional artistic oil lamp of Nepal. Meanwhile, February 21 is marked as International Mother Language Day by UNESCO and international communities to promote awareness of linguistic and cultural diversity and multilingualism. This year’s International Mother Language Day theme is ‘Towards Sustainable Futures through Multilingual Education’.
Welcoming the guests in the cultural event, Dr. Hemanta Joshi, President of NCSA, spoke about the importance of celebrating International Mother Language Day to acknowledge languages of the world including Nepal Bhasha spoken by Newa ethnic group of Nepal. According to him, UNESCO emphasises on learning in minimum three languages (mother tongue or ancestral language, regional or national language, and international language) to achieve the sustainable development goals. He also stressed the need for protecting and preserving all the endangered languages of the world, including Nepal Bhasha, from possibility of extinction.
Mr. Naba Raj Adhikari, President of Nepalese Canadian Society of Edmonton (NECASE), spoke about importance of language and said that parents themselves should take responsibility in educating their children in mother tongue at home in order to preserve their language, culture and heritage. Dr. Ai Gurung, past president of NECASE, also spoke about the need for educating children in their mother tongue besides national and international languages to preserve unique culture and traditions.
On the cultural event, Mr. Birendra Kayastha, Dr. Hemanta Joshi, Dr. Ai Gurung, Ms. Subhadra Adhikari, Ms. Mamta Mandal, Ms. Sanuki Rai, and Ms. Bigul Pokharel recited poems in their mother languages. Dr. Ai Gurung entertained the participants presenting beautiful melodies in the flute. A quiz was also conducted to promote awareness of International Mother Language Day among audiences. Dr. Kishor Shrestha, Secretary of the NCSA, thanked all for their active participation in the cultural event. The cultural event was facilitated by Mr. Birendra Piya, Executive Member of NCSA. Light refreshment was served at the end of the cultural event.
This email and any files transmitted with it are confidential and intended solely for the use of the individual or entity to whom they are addressed. If you have received this email in error please notify the system manager. This message contains confidential information and is intended only for the individual named. If you are not the named addressee you should not disseminate, distribute or copy this e-mail.
होल्याण्डकि सय बर्षिय महिलाको ईक्षा अनुसार प्रहरीले हथकडी लगाई कारागारमा थुने पछि उनि दङ्ग यसरि परिन
मानिसको ईक्षा अनौठो र अपत्यारिलो हुन्छ l सुन्दा नै आश्चर्य लाग्दछ l यस्तै होल्याण्डकि झन्डै १ सय बर्ष पुग्न थालेकी एक हजुरआमा तथा जिजु हजुरमुवा उमेरकि महिलाले प्रहरीलाई अनौठो ईक्षा व्यक्त गर्दा प्रहरी आश्चर्यमा परे l
होल्याण्डकि सय बर्षिय महिलाको ईक्षा अनुसार प्रहरीले हथकडी लगाई कारागारमा थुने पछि उनि दङ्ग यसरि परिन
मानिसको ईक्षा अनौठो र अपत्यारिलो हुन्छ l सुन्दा नै आश्चर्य लाग्दछ l यस्तै होल्याण्डकि झन्डै १ सय बर्ष पुग्न थालेकी एक हजुरआमा तथा जिजु हजुरमुवा उमेरकि महिलाले प्रहरीलाई अनौठो ईक्षा व्यक्त गर्दा प्रहरी आश्चर्यमा परे l उनले कुनै अपराध तथा कानुन उलंघन गरेकी हैनन l उनले त्यस्तो कुनै प्रहरीको लागि कुनै नौलो कुरा नभनी आफ्ना अनगिन्ती ईक्षा मध्ये आफु जेल भित्र एक छिन भए पनि बस्न चाहेको आग्रह गरिन l
उनको तिब्र ईक्षा जेलमा केहि समय बिताउनु भन्ने चाहना राखे पछि ति बृद्धा महिलाको आग्रहलाई प्रहरीले अस्विकार गर्न सकेनन l निज्मेगेन जुइड का प्रहरीका अनुसार ,झन्डै १ सय बर्ष पुगेकी ति महिलाले जीवनमा आफु कहिले कारागारमा न परेकोले जेल भित्रको अनुभव लिन र भित्र बसेर अनुभव गर्न चाहेको बताएकी थिइन् l
ति एनी नाम गरेकी हजुरआमा उमेरकि महिलालाई उनको ईक्षा अनुसार प्रहरीले हथकडी लगायो l उनि दंग परिन l केहि समय सम्म जेलको सानो कोठामा राखियो उनि प्रफुल्लित भईन l र प्रहरीले केहि तस्बिर खिची उनि हर्षित मुद्रामा भएको तस्बिरहरुलाई सामाजिक संजाल अनुहार किताबमा राखी दिएका छन् l र प्रहरीले अनुहार किताबमा उनको तस्बिरहरुलाई दिनको सम्झना भनि सार्बजनिक गरेको छ l
स्रोत :युपीआई
मेरिल्याण्डमा हराएकी १८ बर्षिय युवती सुरक्षित अवस्थामा फेला
मेरिल्याण्डकि १८ बर्षिय युवतीलाई सुरक्षित अवस्थामा मेरिल्याण्ड प्रहरीले फेला पारेको छ l
मेरिल्याण्डमा हराएकी १८ बर्षिय युवती सुरक्षित अवस्थामा फेला
मेरिल्याण्डकि १८ बर्षिय युवतीलाई सुरक्षित अवस्थामा मेरिल्याण्ड प्रहरीले फेला पारेको छ l गत शनिबार काम बाट हिडेकी १८ बर्षिय एन्जेलिका ईभानिया बाराहोना रिभास नाम गरेकी युवती लाई फेब्रुअरी २८ तारिख मंगलबार मेरिल्याण्ड राज्यको मोन्टोगोमेरी भिलेजमा बिहान फेला पारिएको मोन्टोगोमेरी प्रहरीले जनाएको छ l
बाराहोना रिभास मेरिल्याण्ड राज्यको वोक एक्सप्रेसमा उनको काम परिवर्तन (शिफ्ट )गर्नु भन्दा अगाडी उनि काम बाट बाहिर निस्केकी थिइन् l उनका परिवार तथा साथीभाईले उनि सम्पर्कमा नआए पछि चिन्तित भएका थिए l उनि काम सकेर हिडेको श्रब्य दृश्य पनि सार्बजनिक गरिएको छ l
बाराहोना रिभासको काका/मामा को १५ बर्षिय छोरी एलेक ज्यानडर रियेस भर्जिनियाको स्प्रिंग फिल्डमा केहि समय अगाडी मृत फेला परेकी थिईन l उनको हत्या काण्डमा प्रहरीले १० जनालाई हिरासतमा लिएको थियो भनि एनबिसी वाशिंगटनमा समाचार छ l प्रहरीले अन्य जानकारी सार्बजनिक गरेको छैन l
स्रोत :तस्बिर एनबिसी वाशिंगटन
Khumbu Kolsch Global Film Award 2016 (Part 2)
सरोज के सी तथा जिज्ञासा अर्यालद्वारा कार्यक्रम सन्चालन; बसुन्धारा भुसाल, शिव श्रेष्ठ, भुवन के सी, सुनिल थापा, शम्भुजित बासकोटा, गेहेन्द्र धिमाल आदिलाई अवार्ड; नन्दिता के सी, भुवन के सी, अशिष्मा नकर्मी, नारायण त्रिपाठी, शिव हरि पौडेल, शम्भुजित बासकोटा, श्याम भट्टराई, हिप हप डान्स साथै सुनिल थापाको प्रस्तुति ।
तारा बिनाको आकासमा अमृता कालिलाई देख्दा – भिडियो सहित
काठमाडौं, १७ फागुन। संसारका हरेक मानिसमा अनेक प्रकारका क्षमता र कला हुन्छन्। हरेक मानिसका आफ्नै प्रकारका चाहना र प्रतिभा हुन्छन् ।
यस्ता अथाह सम्भावनाका सामु अमृता भट्ट (काली) नुवाकोट जिलिंग ७ मा जन्मेकी नव प्रतिभा हुन्। २० बर्ष अमृता कालिले प्रमोद खरेल को सुपर हिट गित लठै परेर हेर्छे लगाएत आधा दर्जन जति गीतहरूमा सफल अभिनय गरि सकेकी छिन्। उनी यहि क्षेत्रमा लागेर आफ्नो भविश्य सुरक्षित बनाउने बताउ छिन्।
सुर्य कुमार क्षेत्रिको शब्द रचना, रमन गायकको संगीत तथा अन्जना गुरुङको समुधुर आवज रहेको ‘तारा बिनाको आकास’ बोलको आधुनिक गीतमा उनको अभिनय देखन सकिन्छ। उनलाई अभिनयमा शिव पाण्डेले साथ दिएका छन्।
उक्त गीत सुरज कुमारको निर्देशनमा तयार भएको छ। छायांकन तथा सम्पादनमा सन्तोश ढकालले गरेका छन्।
लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग रेलीगेशनबाट जोगियो
काठमाडौं, १७ फागुन। लिभरपुललाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको रेलीगेशन क्षेत्रबाट बाहिर आएको छ ।
सोमबार राती आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लेष्टर सिटीले लिभरपुललाई ३-१ ले हरायो । खेलमा लेष्टर सिटीलाई विजयी गराउन जेमी भार्डीले दुई तथा ड्रिङ्कवाटरले एक गोल गरे । पराजित टोली लिभरपुलका लागि फीलीप कौटिन्होले एक सान्तोना गोल फर्काए ।
जितसँगै लेष्टर सिटी लिग तालिकाको १५ औं स्थानमा उक्लिएको छ । २६ खेलबाट उसको २४ अंक भएको छ । तालिकामा ६३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ भने ५३ अंकको साथ टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।
प्रधानमन्त्री दाहालले भने,“मधेशलाई भड्काएर अशान्ति निम्त्याउनबाट जोगाउने छु” (भिडियो सहित)
काठमाडौं, १७ फागुन। प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासिको नाममा सम्बोधन गर्ने क्रममा १९ बर्ष देखि नभएको स्थानिय तहको निर्वाचन चुनौति रहित नभएको बताएका छन्।
मंगलबार साँझ ५ बजे जनताको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नयाँ संविधान मधेशी, थारु, जनजाती, पीछडिएको वर्गको लागि भएको भन्दै संघीयतालाई असफल पार्ने खेले चलेको बताएका छन्। संविधान संशोधन विधेयक अघि बढाउँदा निम्न स्तरको गाली समेत सहनु परेको भन्दै उनले संविधान संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाइने बताए ।
संशोधनप्रति आफू अहिले पनि प्रतिवद्ध रहेको भन्दै उनले भने, ‘यो निर्वाचनले मधेशलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनुपर्छ ।’
मधेशका जनताले आफ्नो अधिकारलाई कसैबाट पनि खोसिन दिन दिने छैनन् भन्दै प्रधानमन्त्री दाहालले भने,‘मधेशलाई भड्काएर अशान्तिलाई निम्त्याउनबाट जोगाउने छु, मतको उचित सुरक्षा दिईने छ।
निर्वाचनविरुद्ध उभिएका मधेसवादी दलहरुलाई उनले विवेकी बन्न आग्रह गरेका छन्। दाहालले भने,‘उहाँहरुले आवेग होइन, विवेक देखाउनु हुनेछ भन्नेमा म विश्वस्त छु। राष्ट्रप्रति जिम्मेवारी देखाउनेछन् भन्नेमा विश्वस्त छ।”
उनले अघि भने,“तीन महिना वित्दा पनि एउटा दलको हठका कारण छलफल नै हुन सकेन। लोकतन्त्रनै खतरामा पुग्ने अवस्थामा पुग्यो, यो विषयमा असन्तुष्ट पक्षलाई नझस्कन आग्रह गर्दछु। निर्वाचन सँगै संविधान संशोधन गर्न सरकार प्रतिवद्ध छ।’
प्रधानमन्त्री दाहालले असन्तुष्ट पक्षलाई समेट्न आफूले सरकार परिवर्तन गर्न समेत पछि नपरेको स्पष्ट पारे। उनले थपे,“मधेसबाटै निर्वा्चित जनप्रतिनिधि भएको नाताले मैले असन्तुष्ट पक्षका कुरा बुझ्छु। नयाँ संविधान चाहिएको नै मधेसीलाई र जनजाति र उपक्षित समुदायलाई हो।” जनसंख्याको आधारमा संख्या बढाउन सरकार गृहकार्यमा रहेको उनको भनाइ थियो।
स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
१. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान प्रकट गर्दछु । र, न्यायपूर्ण र समुन्नत नेपाल निर्माण गर्ने वीर शहिदहरुका सङ्कल्प र सपना पूरा गर्न जीवनभर निर्भिकतापूर्वक प्रतिवद्ध र कटिवद्ध रहने प्रण गर्दछु ।
२. लगभग बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते देशभर एकै पटक गर्ने ऐतिहासिक घोषणास“गै आज म आफ्ना केही धारणा राख्न देशबासीसामु उपस्थित भएको छु । संविधानबारे देशभित्र देखा परेका असन्तुष्टि, तराई मधेशमा भएको आन्दोलन, थारु लगायत सबै आदिबासी जनजातिका अधिकारसम्बन्धी सवाल समेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमाङ्कन लगायतका विषय सम्बोधन गर्न सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा टेबल गरेर प्रक्रिया अघि बढाइसकेको यहा“हरु सबैलाई अवगत नै छ । संविधान संशोधन तार्किक निष्कर्षमा नपुग्दै सरकारले किन स्थानीय निर्वाचनको हतारो गरेको होला ? झन्डै २० वर्षदेखि थाती रहेको निर्वाचन केही समय ढिला गर्दा के पो बिग्रने थियो ? भन्ने प्रश्न गर्न नसकिने होइन । वास्तवमा सरकार संविधान संशोधन सफल बनाएरै स्थानीय तहको निर्वाचन घोषणा गर्न प्रतिवद्ध थियो । संशोधन प्रस्तावलाई सफल बनाउन यस बीचमा प्रधानमन्त्रीका रुपमा मैले गरेका सबैथरी प्रयासस“ग राष्ट्र जानकार नै छ । तर एकातिर तीन महिना बित्दा पनि एउटा पक्षको अलोकतान्त्रिक हठका कारण संसदमा संशोधनमाथि छलफल हुन सकेन भने अर्कातिर आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता, स्थानीय र प्रदेश तहको चुनाव नगरी सङ्घीय संसद गठनै हुन नसक्ने संवैधानिक प्रावधान र वर्षा लागेपछि निर्वाचन गर्न नसकिने परिस्थिति हाम्रा सामु छ । त्यसमा पनि हालै मात्र सर्वोच्च अदालतले संविधान अनुसार स्थानीय तहको निर्वाचनका लागि कुनै आनाकानी नगर्न आदेश दिएको छ ।
३. समय घर्कदै जा“दा निर्वाचनका लागि संविधानले दिएको समय सीमा र हामीले अपनाएको अन्तरसम्बन्धित चुनाव प्रणाली बिथोलिने डर भयो । र, त्यसबाट संविधान र लोकतन्त्र नै गतिरोधमा पर्ने सम्भावना बढ्यो । यसकारण सरकार संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाउने निर्णयमा पुग्यो । असन्तुष्ट पक्षहरु पनि यो परिस्थितिको जानकार हुनुहुन्छ । त्यसैले निर्वाचनस“ग अलिकति पनि नझस्किन आग्रह गर्दै म यही सम्बोधनमार्फत् उहा“हरुलाई विश्वास दिलाउन चाहन्छु कि यो सरकार निर्वाचन स“गस“गै संविधान संशोधन पनि गरेर संविधानको स्वीकार्यता फराकिलो पार्न र राष्ट्रिय एकता सुदृढ तुल्याउन हिजो जत्तिकै दृढ र प्रतिवद्ध छ ।
४. मलाई थाहा छ, झन्डै २० वर्षदेखि था“ती रहेको र कसैले हिम्मत नगरेको यो निर्वाचन चुनौतीरहित छैन । तर, सरकार सबै चुनौतीको सामना गर्दै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध छ । झन्डै एक करोड चालीस लाख मतदाताले पैंतीस हजारभन्दा बढी प्रतिनिधि चुन्ने यो निर्वाचनलाई मैले केवल प्रतिनिधि चुनिने सामान्य निर्वाचन होइन । बरु, ‘जनताको ढोकामै विकास र जनताको ढोकामै सरकार’को युगको प्रारम्भ मानेको छु, किनकि स्थानीय सरकारलाई विश्वका धेरै संविधानले भन्दा हाम्रो संविधानले अत्यन्त धेरै अधिकार दिएको छ ।
आदरणीय जनसमुदाय,
५. यो निर्वाचनको प्रतिनिधित्व प्रणाली आफैं युगान्तकारी छ । अबको संरचनामा महिला प्रतिनिधित्व न्यूतनम् चालीस प्रतिशत सुनिश्चित गरिएको छ, समाजमा सबैभन्दा पछाडि परेका र अवसरबाट वञ्चित दलित महिलाका हकमा पनि बसोबास भएसम्म हरेक वडामा प्रतिनिधित्वको व्यवस्था छ । हजारौं महिला प्रतिनिधि र नेतृत्व पैदा हुने यो निर्वाचन महिला उत्थान, जागरण र सशक्तिकरणका लागि ऐतिहासिक कोसेढुङ्गा हुनेछ । अहिलेसम्म विकासका अवसरबाट बञ्चित र उपेक्षित लिङ्ग, वर्ग र समुदाय अब आफैं नेतृत्वमा पुग्नेछ र अन्ततः नागरिक र राज्यबीचको दूरी घटेर शान्तिपूर्ण र समानतामा आधारित समाज स्थापनाको बाटो खुल्नेछ । यसरी धेरै अर्थमा ऐतिहासिक यो निर्वाचन सफल पार्न मैले अन्तराष्ट्रिय समुदायको पनि साथ र समर्थनको अपेक्षा गरेको छु ।
६. चुनावकै सन्दर्भमा म आज तराई–मधेशका जनता, थारु, जनजाति र अन्य असन्तुष्ट पक्षलाई पनि सिधै र विशेष सम्बोधन गर्न चाहन्छु । एकात्मक, केन्द्रीकृत र सामन्तवादी राज्यसत्ताले देशका बहुसङ्ख्यक जातजाति, भाÈाभाÈी, लि¨, वर्ण, वर्ग र Ôेत्रका जनतामाथि सदिऔंदेखि लादेको उत्पीडनविरुद्ध सबैभन्दा बढी को लड्यो ? मधेशी, महिला, आदिवासी–जनजाति, मुस्लिम, दलित र विपन्नमाथिका राजनीतिक, आर्थिक र सांस्कृतिक विभेद अन्त्य गर्ने निर्णायक अभियान कसले सुरु ग¥यो ? मधेशलगायत उपेक्षित क्षेत्रमाथिका विभेद र उत्पीडनलाई इतिहासमै पहिलोपटक राष्ट्रिय राजनीतिको केन्द्रीय विषय कसले बनायो ? यहा“हरु आफैं जानकार हुनुहुन्छ । चाहे पहिलो होस् वा दोस्रो, हरेक संविधान सभामा मधेश, थारु, जनजाति, उपेक्षित क्षेत्र र वर्गका जायज चासो र चिन्तालाई सम्बोधन गर्न हरेक लडाइ“को अग्रमोर्चामा को थियो ? पक्कै यहा“हरुलाई सम्झाई रहन पर्दैन । र, संविधान जारी गर्नैपर्ने वाध्यतात्मक अवस्थामा समेत मधेशी, आदिवासी र जनजातिका जायज बिमतिलाई दस्तावेजीकरण गर्दै आठ बु“दे असहमति कसले दर्ज ग¥यो ? यो पनि भनिरहन पर्दैन । असन्तुष्ट पक्षलाई समेट्न र संविधानको स्वीकार्यता फराकिलो पार्नकै लागि हामी सरकार परिवर्तन गर्न समेत तत्पर भयौं । अत्यन्त निम्न स्तरका लाञ्छना, घृणित आरोपहरु र निकृष्ट गालीगलौजको सामना गरेर पनि संसदमा संविधान संशोधनको प्रस्ताव टेबल ग¥र्यौं । र, त्यो प्रस्ताव पारित गराउन हर क्षण प्रयत्नरत रह्यौं र अझै छौं । एउटा कालखण्डमा प्रतिपक्षी मोर्चाको संयोजकका रुपमा मैले असन्तुष्टिहरुको नेतृत्व गरेको छु । मधेशबाटै निर्वाचित जनप्रतिनिधि भएका नाताले म अहिलेका असन्तुष्टि र गुनासालाई सबैभन्दा नजिकबाट बुझ्दछु र त्यसको समाधानका लागि देशमा सबैभन्दा बढी क्रियाशील पनि छु ।
७. नया“ संविधान चाहिएकै मधेशलाई हो, जनजाति, दलित, महिला र दमित वर्गलाई हो । सम्पूर्ण देशबासी र त्यसमा पनि तराई मधेशका विवेकशील जनतालाई झन् बढी थाहा छ । यो देशको परम्परागत शासक वर्गलाई गणतन्त्र मन परेको छैन, संघीयता मन परेको छैन, धर्मनिरपेक्षता मन परेको छैन । अ“ध्यारा कोठाहरुमा अहिले पनि यी उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको छ । हिजो मधेशमा सबैभन्दा धेरै उत्पीडन गर्ने त्यही वर्ग अहिले मधेशी जनताकै का“धमा बन्दुक राखेर परिवर्तनलाई उल्ट्याउने सपना देखिरहेको छ । मधेशका जनताको जागरण र साहसको दुरुपयोग गरेर जनताका अधिकार खोस्न चाहिरहेको छ । म मधेशका जनतालाई सोध्न चाहन्छु, के यो षड्यन्त्र सफल हुन दिन सकिन्छ ? के मधेशी जनता यसको हिस्सेदार बन्न सक्छन् ? म विश्वास दिलाउ“छु, संशोधनलाई सरकारले तार्किक निष्कर्षमा पु¥याउने छ । यो निर्वाचनले मधेशलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनुपर्छ । मधेशकेन्द्रित दलहरुले पनि अन्ततः आवेग होइन, विवेक र राष्ट्रप्रति जिम्मेवारी देखाउनेछन् भन्नेमा सरकार विश्वस्त छ । जनसंख्याका अनुपातमा मधेशमा स्थानीय तहको संख्या बढाउन सरकार गृहकार्यमा छ । मधेशी जनताको विकास र मधेशी जनताको सरकार अब मतपेटिकाका रुपमा मधेशी जनताको दैलोमा छ । यो ऐतिहासिक अवसरलाई मधेशी जनताले एउटा उत्सवका रुपमा सहर्ष स्वीकार गर्नेमा सरकार पूर्णतः आशावादी छ ।
८. हामी सबैलाई थाहा छ, एकथरी तत्व मधेशको आवेगलाई भड्काएर मुलुक विखण्डन गर्ने दुष्स्वप्न देखिरहेको छ । म आज यही सम्बोधनबाट खुला रुपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ । हिमाल होस्, पहाड होस् वा तराई, कुनै पनि अतिवाद सहन गरिने छैन । शान्ति सुरक्षामा कुनै कमि हुन दिइने छैन । निर्वाचनमा एक–एक मतको सुरक्षा गरिनेछ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षताका लागि शतप्रतिशत प्रतिवद्ध रहन म सबै सरोकारवालालाई यसै सम्बोधनबाट फेरी निर्देश गर्दछु ।
९. यो संविधानप्रति जे–जस्ता असहमति भए पनि र प्रतिपक्षमा हु“दाहु“दै पनि एउटा विशिष्ट कालखण्डमा मैले संविधान निर्माणको अग्रसरता लिएको हु“ । नेपाललाई ठूलो संवैधानिक र राजनीतिक शून्यतामा लैजाने षड्यन्त्रलाई चिर्न नया“ संविधान तत्काल जरुरी थियो । संविधान निर्माणको क्रमलाई कहिल्यै टुङ्गोमा पुग्न नदिएर लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, धर्मनिरपेक्षता र सङ्घीय समावेशी समानुपातिक शासन प्रणालीलाई नै उल्ट्याउने खेललाई जसरी पनि असफल पार्नु थियो । कहिल्यै संविधान नबन्ने र सधैंको संक्रमणकालले अन्ततः नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमान नै समाप्त हुने सम्भावना बढेपछि केही सम्झौता गरेर भए पनि संविधान बन्ने सुनिश्चितताका लागि मैले पहलकदमी लिएकै हु“ । अब बा“की असन्तोषहरुलाई पनि व्यवस्थापन गरी आर्थिक सम्वृद्धिबाट समाजवादको आधार तयार पार्न ढिलो भइसकेको छ । स्थानीय निकायको निर्वाचनपछि त्यसले तीव्रता पाउनेछ भन्नेमा म विश्वस्त छु ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइ,
१०. गत बजेटमा उल्लेखित संशोधित अनुमानभन्दा गत आर्थिक वर्षमा रु. २२ अर्ब बढी राजस्व असुली भएको, नेपाल सरकारको नगद बचत अनुमानभन्दा करिब रु. एक सय ३० अर्ब बढी कायम हुन आएको र भूकम्पपछिको पुननिर्माण, सर्वसाधारणको जनजीविका र विकासका पूर्वाधार सम्वन्धी थप कार्यहरु सञ्चालन गर्न आवश्यक देखिएको सन्दर्भमा चालू आर्थिक वर्षको लागि पेश भई पारित भएको उक्त बजेटलाई पुनरावलोकन गरी पूरक बजेट ल्याउने मेरो सुरुको तयारी थियो । तर, त्यसै पनि अविश्वासले जेलिएको संसदमा यो विषयको प्रवेशले थप अविश्वास बढाउला भनेर म त्यो बाटोमा लागिन“ । त्यसैले मेरा धेरै योजना र परिकल्पनाले साकार रुप लिन पाएनन् । प्रधानमन्त्रीको उम्मेदवारका रुपमा संसदमा मैले भनेको थिए“, म सस्तो प्रचारवाजीमा लाग्ने छैन, विकासको बहसलाई मनोरञ्जक बतासे सपनामा सीमित हुन दिने छैन । बरु, ठोस योजना ल्याउने छु । देशबाट लोडसेडिङ लगभग अन्त्य भएको छ र यो अन्त्यलाई मैले मुलूक अब अ“ध्यारो युगबाट उज्यालो युगमा प्रवेशको बिन्दु मानेको छु । राजधानी काठमाण्डौ, पोखरा, चितवन लगायतका शहरहरुलाई लोडसेडिङमुक्त घोषणा गरिएको छ भने आउ“दो जेठ मसान्तसम्म मुलुकभर लोडसेडिङ अन्त्य गर्ने सरकारको तयारी छ । मलाई विश्वास छ, नेपालको विकासको इतिहासलाई अब लोडसेडिङ अघि र पछिको युगमा विभाजित गरिनेछ । लोडसेडिङ अन्त्यले केवल उज्यालो थपिएको छैन, केवल औद्योगिक गतिविधि र राजस्व मात्रै बढेको छैन । लोडसेडिङ अन्त्यले निकै पछि यो देशका जनताको आफैंमाथि भरोसा बढेको छ र यो देशको विकास चामत्कारिक रुपमा सम्भव छ भन्ने स्थापित गरेको छ । यसले ‘यहा“ केही हुनेवाला छैन’ भन्ने निराशालाई चिरेर ‘गरे हुने रहेछ’ भन्ने सन्देश प्रवाहित भएको छ । राजनीतिक प्रतिवद्धता, व्यवस्थापकीय कुशलता र इमान्दारिता भयो भने परिवर्तन हामीबाटै र अहिले नै सम्भव रहेछ भन्ने सन्देश प्रवाह भएको छ । लोडसेडिङ अन्त्यलाई जनताले चमत्कार मानेका छन् तर म भन्छु, यो आफैं चमत्कार होइन, केवल चमत्कारको सुरुवात हो । राष्ट्रिय गौरवका आयोजनाहरुमा अब एकपछि अर्का चमत्कार हु“दैछन् र एकाध वर्षमै मुलुकको मुहार फेरि“दैछ भन्न पाउ“दा मलाई गर्व लागेको छ ।
११. यहा“हरुलाई थाहै छ, प्रधानमन्त्रीका रुपमा म परस्पर विरोधी राजनीतिक मागहरुको दवावमा छु । तर, विकास निर्माण र तीव्र आर्थिक प्रगतिको मेरो सङ्कल्प धर्मराएको छैन । म आज सरकारका उपलब्धिको वृहत् चर्चा गर्न चाहन्न“ । तर, यत्ति भन्न चाहन्छु, हिजोका सवल र दुर्वल पक्षबाट सिकेर म सम्वृद्ध र न्यायपूर्ण नेपालको नया“ अध्यायको सुरुवातका लागि प्रयत्नशील छु । सरकारबाट केही कमजोरी भएका होलान् तर गल्ती भएका छैनन् । यो सरकार आजसम्म कुनै आर्थिक विवादमा मुछिएको छैन र मुछिने पनि छैन ।
१२. म प्रधानमन्त्री बन्दा नबन्दै काठमाण्डौबाट तराई÷मधेश जोड्ने फास्ट ट्रयाक सडकलाई लिएर विभिन्न आक्षेपपूर्ण गलत प्रचार भए । आज म दावीका साथ भन्न सक्छु, फास्ट ट्रयाक आयोजना नेपाल आफैले निर्माण गर्ने गरी यति तीव्र गतिमा यसअघि कहिल्यै काम भएको थिएन । फास्ट ट्रयाकको डि.पि.आर., वित्तीय व्यवस्थापन र निर्माण मोडालिटी सम्बन्धमा सिफारिस गर्न सरकारबाट गठित समितिले प्रतिवेदन दिइसकेको छ र त्यो प्रतिवेदन कार्यान्वयनमा गइसकेको छ । र, फास्ट ट्रयाकको ठूलो हिस्सालाई वर्षाअघि सञ्चालनमा ल्याउने सरकारको तयारी छ । यसै गरी विभिन्न कारणले रोकिएको तराइ मधेश क्षेत्रको आर्थिक सम्बृद्धिको महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको बहुप्रतीक्षित हुलाकी मार्गबारे मैले भारत भ्रमणका क्रममा गम्भीरतापूर्वक विषय उठाएपछि निर्माण कार्य अत्यन्तै तीव्र गतिमा अघि बढेको छ । हुलाकी मार्गको अलाइनमेन्ट मध्य तराईका जनतालाई थप सुविधा पुग्ने गरी सुधार गरिनेछ । यो मार्गले तराई–मधेशको आर्थिक जीवनमा कायापलट ल्याउने मेरो विश्वास छ ।
१३. वैदेशिक रोजगारीमा गएका दाजुभाइ दिदीबहिनी सधैं मेरो चासो र चिन्ताको प्राथमिकतामा हुनुहुन्छ । वैदेशिक रोजगारमा जानेहरुका लागि राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी बनाउन अनलाइनबाट नै निवेदन दिन सकिने व्यवस्थाले श्रम स्वीकृतिका लागि घण्टौं र कतिपय अवस्थामा रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य भएको छ । वैदेशिक रोजगारमा गएका र जानेहरुको सुरक्षाका लागि सरकारले वैदेशिक रोजगार म्यादी जीवन वीमा विगतमा ७ लाख मात्र पाउने व्यवस्थामा २० लाखसम्म थप गरी २७ लाखसम्म पाउने व्यवस्था गरिएको छ । यसैगरीे अनिवार्य रुपमा बीमा नवीकरण गर्ने व्यवस्था गरिएको छ र पासपोर्टको शूल्क झन्डै आधा घटाउने लगायतका थुप्रै विषय कार्यान्वयन भएका छन् । विदेशी भूमिमा अलपत्र परेका सयौं दाजुभाइ दिदीबहिनीको उद्धार गरिएको छ र यो क्रमले थप तीव्रताका साथ निरन्तरता पाउनेछ ।
१४. भूकम्प पीडितलाई राहतका हकमा प्राधिकरणका कार्यकारी नै परिवर्तन गरेर सरकारले कुनै लापरवाही वा ढिलासुस्ती क्षम्य छैन भन्ने प्रष्ट सन्देश दिएको छ । पीडितहरुलाई अनुदानको रकम रु. ३ लाख मात्र पु¥याइएको छैन, पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा रु. १ लाख ५० हजार र तेस्रो किस्तामा रु. १ लाख पाउने गरी अनुदान वितरण कार्यविधि संशोधन गरी लागू गरिसकिएको छ । भूकम्प प्रभावित मुख्य सम्पदाहरुको पुनर्निर्माण कार्य सुरु भइसकेको छ । उपत्यका बाहिरका भूकम्प अति प्रभावित ११ जिल्लाका करिब ९१ प्रतिशत लाभग्राही पहिचान गरी तीमध्ये झण्डै ९२ प्रतिशत घरधनीस“ग अनुदान सम्झौता भइसकेको छ । तीमध्ये करिब ९९ प्रतिशतको बैंक खातामा पहिलो किस्ताको रु. ५० हजार जम्मा भएको छ । दोस्रो किस्ताबापत डेढ लाख रकम वितरण गर्न प्रभावित जिल्लाहरुमा रु. ८ अर्ब ३२ करोड निकासा गरिसकिएको छ । अति प्रभावित १४ जिल्ला बाहेकमा पनि पुननिर्माण सुरु भएको छ ।
१५. राष्ट्रिय गौरवका र अन्य ठूला आयोजनाहरुको म निरन्तर अनुगमनमा छु । मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी आयोजना, कुलेखानी तेस्रो आयोजना, चमेलिया जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण आयोजना र अनुगमन गरिएका अन्य आयोजनाहरुका काम द्रूत गतिमा अघि बढेका छन् । चितवनको शक्तिखोरमा अत्याधुनिक सुविधा सहितको औद्योगिक क्षेत्र स्थापना हु“दैछ । किसान आयोग गठन भएको छ र जनता पेन्सन कार्यक्रमको बृहत् छाताभित्र कृषक सामाजिक सुरक्षाको पाइलटिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । खेलाडीलाई पुरस्कार र रकम घोषणा गर्ने तर उपलब्ध नगराउने परम्परा तोडेर सरकारले तत्काल पुरस्कारको परम्परा बसालेको छ । फागुन १ गतेदेखि वाथ र मुटुरोगको निःशुल्क उपचार सुरु भएको छ । अबको ६ महिनाअघि नै मेलम्चीको पानी काठमाडौं आउने छ र राजधानीबासीको दशकौं पुरानो सपना पूरा हुने छ । यी लगायत अहिले भइरहेका कामले निकै छिटो राष्ट्रलाई अघि लैजानेमा म विश्वस्त छु ।
१६. देशभरका भूमिहीन, सुकुम्बासी, किसान, मजदूर र श्रमिकहरु जग्गाधनी प्रमाण पूर्जा नभएकै कारण अहिलेसम्म पानी र बिजुलीको लाइन जोड्ने जस्ता आधारभूत सुविधाबाट बञ्चित थिए । यो सरकारले अब उनीहरुका लागि नागरिकता र बसोबासकै आधारमा धारा र बत्तीको मिटर जोड्ने व्यवस्था गरेको छ । सुकुम्बासी समस्याको स्थायी समाधान गर्न बसोबास आयोग गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि प्रतिवद्धता व्यक्त भएको तर कार्यान्वयन हुन नसकेको मुक्त हलियाका लागि घर मर्मतका लागि रकम निकासा गरिसकिएको छ र यसै साताबाट वितरण सुरु गरिनेछ । मुक्त कमैयाका कार्यक्रम १६ वर्षदेखि चालू छन् तर यस अघिसम्म कुनै सरकारले प्रतिवद्धता अनुरुपको रकम उपलब्ध गराएनन् । यो सरकारले अब तुरुन्तै जग्गा, काठ वा सो बराबरको रकम उपलब्ध गराउ“दै छ ।
१७. शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमै पु¥याउने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप गरिएको छ भने सम्बन्धित ऐनहरुको संशोधन मस्यौदा तयार भएको छ । आर्थिक सहायता पाउन बा“की शहिद र बेपत्ता पारिएका परिवारका लागि सबै रकम निकासा गरी सकिएको छ ।
१८. सार्वभौमसत्ता जनताका हातमा भएको यो लोकतन्त्र जनताको दशकौं लामो अथक सङ्घर्ष र बलिदानले आएको हो । यसका लागि देशको तीन–तीन पुस्ताले अनन्त बलिदान गरेको छ, असैह्य यातना व्यहोरेको छ र दशकौं सङ्घर्ष गरेको छ । त्यसैले संविधान र अझ सिङ्गो लोकतन्त्रकै कार्यान्वयनमा ऐतिहासिक महत्व राख्ने अबको निर्वाचन केवल प्रधानमन्त्री वा सरकारको परीक्षा होइन । बरु, यो सबै राजनीतिक दलको, लोकतन्त्रको र सिंगो राष्ट्रकै परीक्षा हो । झण्डै बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराई छाड्ने घोषणा गर्दा मलाई कुनै अनिश्चय र संशय होइन, बरु गौरवबोध छ । बीस वर्षसम्म कसैले सोच्नसम्म हिम्मत नगरेको यो निर्वाचन गराई छाड्ने मेरो यो आ“ट र विश्वासको स्रोत जनता नै हो । लोकतन्त्र कार्यान्वयनका हकमा यो एउटा ऐतिहासिक फड्को हो र यसलाई हामीले जसरी पनि सफल बनाउनु छ । मलाई विश्वास छ, निर्वाचनस“गै यो देशका राजनीतिक दलहरुबीच गाली र तालीको होइन । बरु, निर्माणको प्रतिस्पर्धा हुनेछ, विकासको प्रतिस्पर्धा हुनेछ, जनसेवाको प्रतिस्पर्धा हुनेछ । विकास र सरकार अब मतपेटिकाका रुपमा जनताको दैलोमा छ । निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो । यो महोत्सवमा बिना संशय, बिना धक, बिना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिङ्गो देशलाई हार्दिक आमन्त्रण गर्दछु ।
धन्यवाद ।
१७ फागुन, २०७३
काठमाडौँमा सुपर मोडल कन्टेष्ट सेसन २ र मिस ग्लोबल इन्टरनेशनल नेपाल २०१७ सम्पन्न
काठमाडौँ : रिवन इन्टरटेमेन्ट प्रालि र स्टार इन्टरटेमेन्ट प्रालिले एक साथ राजधानीमा सुपर मोडल कन्टेष्ट सेसन २ र मिस ग्लोबल इन्टरनेशनल नेपाल २०१७ आयोजना गरेको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार सम्पन्न सुपर मोडल कन्टेष्ट २०१७ मा गौरव प्रभाषले उपाधि जिते भने रमेश थापा फष्ट रनर्सअपका साथमा मिष्टर फोटोजेनिक र मष्ट डिसिप्लेन्ड तथा अतित लामा सेकेण्ड रनर्सअपका साथमा मिष्टर क्याटवक र वेष्ट फिटनेस भए।
त्यसै गरी सन्देश महर्जन मष्ट पपुलर, मिष्टर ट्यालेन्ट र वेष्ट फिजिक, राजु तामाङ वेष्ट पर्सनालिटी, रिसुक सुवेदी मष्ट फ्रेण्डली, अनुप श्रेष्ठ मष्ट एक्टिभ, सुशांग श्रेष्ठ मष्ट कन्फिडेन्ट, वेष्ट फिगर र फेसबुक च्वाईस, सुदेश सञ्जु श्रेष्ठ मष्ट चार्मिङ र स्काई थापा मेनेजमेन्ट च्वाईस अवार्डका विजेता भए। यो प्रतियोगिताअन्र्तगत युवतीतर्पm रुश्बी प्रसाईंले उपाधि जितीन्। उनी मिस क्याटवक र मष्ट फ्रेन्डलीको विजेता पनि भईन् भने अनु क्षेत्री फष्ट रनर्सअपका साथमा मिस ट्यालेन्ट, सुष्मिता थापा सेकेण्ड रनर्सअपका साथमा वेष्ट फिटनेस तथा जस्मिन श्रेष्ठ मष्ट पपुलर, मिस फोटोजेनिक र वेष्ट पर्सनालिटी, सरु सुवाल फेसबुक च्वाईस र अलीना चोखाल मेनेजमेन्ट च्वाईस अवार्डकी विजेता भईन्।
त्यसै गरी स्टार वन इन्टरटेमेन्टद्धारा आयोजित सुपर ग्लोब इन्टरनेशनल नेपालमा मीना बासकोटा उपाधि विजेता भइन्। उनी मिस ट्यालेन्ट र मष्ट एक्टिभ उपउपाधिको विजेता पनि भइन्। यो प्रतियोगितामा रविना खरबुजा फष्ट रनर्सअपका साथमा मिस क्याटवक र मिस फोटोजेनिक, सञ्जु न्यौपाने सेकेण्ड रनर्सअपका साथमा फेशन आईकन अवार्ड र फेसबुक च्वाईस र बबि श्रेष्ठ थर्ड रनर्सअपका साथमा मष्ट फ्रेन्डली भइन्। प्रतियोगितामा सिजीगा भुषाल मष्ट पपुलर र मष्ट डिसीप्लेन्ड, अनिषा श्रेष्ठ वेष्ट हेयर, आयुषा कार्की वेष्ट स्कीन, देवी लामा मिस पर्सनालिटी, स्वस्तीका मोक्तान मष्ट चार्मिङ, सविता खड्का वेष्ट डान्स, रिया सिंह श्रेष्ठ वेष्ट फिटनेस, अञ्जली तिमल्सिना मिस व्युटिफुल, समृद्धि रेग्मी मिस कन्जिनियालिटी, रञ्जीता चौलागाईं मष्ट व्युटिफुल आईज, रञ्जना डांगी वेष्ट फिजीक, सृष्टी श्रेष्ठ मष्ट कन्फिडेन्ट र अरुणा बराइली वेष्ट स्माइल उपउपाधिका विजेता भए।
कोरियोग्राफर अश्वीनी झाको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न प्रतियोगितामा सञ्चारकर्मीद्धय सुर्य चन्द र सरोज प्याकुरेल, अभिनेत्री पूजना स्त्री, अभिनेता मनोज आरसी, शिक्षक सुदन डोटेल तथा मिसेस नेपाल इन्टरनेशनल २०१५ सविता लामिछाने निर्णायक रहेका थिए। कार्यक्रममा मनिष अधिकारी र अहिलेकी चर्चित तथा हट मोडल रिया श्रेष्ठले आफ्नो प्रस्तुति प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए।
सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने सरकारको निर्णय
काठमाडौँ, १७ फागुन । सरकारले स्थानीय निकायको पुनः संरचनासम्बन्धी आयोगको प्रतिवदेन अध्ययन गरी सुझाव दिन गठित समितिको म्याद तीन दिन थपेको छ ।
समितिले थपिएको अवधिमा पुनः संरचना आयोगको प्रतिवेदनलाई राजनीतिक सहमतिका साथ अध्ययन गरी पुनः संरचनाको समस्या हल गर्ने र प्राप्त गुनासालाई मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय भएको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिनुभयो ।
यसअघि सरकारले प्रतिवदेन अध्ययन गरी सुझाव दिन स्थानीय विकासमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी एक साताको समय दिएको थियो । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकको रु १५ अर्ब ९३ करोड ऋण सहयोग स्वीकार गर्र्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
साथै सरकारले वन क्षेत्रको सुरक्षा गर्न नेपाली सेनाका सात सय जनशक्ति कामकाजमा खटाउने र सरकार तथा निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ ।
बैठकले बाँकेमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ स्थापना गर्ने र विद्यमान बजेटको सीमाभित्र रहेर विभिन्न कार्यक्रममा आवश्यक पर्ने रकम पठाउने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन :आफ्ना असन्तुष्टिलाई मतपत्रमार्फत जाहेर गर्नुस्
काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ ।
सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभएको हो । उहाँले मुलुकमा विद्युत्भार कटौती, भूकम्पपछिको पुनः निर्माणमा र राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता तथा आर्थिक सामाजिक सुधारका कार्य जारी रहेको पनि बताउनुभयो । रासस
एनआरएन सास्कृतिक साझमा राजेश पायल राई नाइजेरिया आउने ।
प्रशिद्द नेपाली गायक राजेश पायल राई एनआरएनए नाइजेरियाले आयोजना गर्ने नयाँ बर्ष सास्कृतिक साझमा आफ्नो प्रस्तुती दिन नाइजेरियाको लेगोसमा यहि अप्रिल १,२०१७ मा आउने भएका छन । संघका नाइजेरिया कार्यबाहक अध्यक्ष जनक बिष्टका अनुसार लोकप्रिय नेपाली गायकलाई अफ्रिकामा बोलाउन पाउँदा यहाको एनआरएन समुदाय हर्षित भएको छ भन्नू भयो ।
संघले गत बर्ष लेगोसमा लोकप्रिय गायिका कोमल ओलिको प्रस्तुतिको सफल आयोजना गरेको थियो । संघका आइसिसी सदस्य चिरन्जिबी रोकाका अनुसार नेपाली कला संस्कृतिको अफ्रिकामा यसले प्रबर्द्धन गर्ने बताउनु भयो । उक्त कार्यक्रममा राजेश पायल राईका अतिरिक्त स्थनिय अफ्रिकन कलाकारहरुले पनि नेपाली र स्थनिय भाषामा आफ्ना गित र नृत्य प्रस्तुत गर्नेछन संघका सचिब रोशन थापाले जनाउनु भयो ।
कार्यक्रमका लागि सबै तयारी हुँदै गरेको र सिमित संख्यामा रहेका नेपाली बिच पनि यो उत्कृष्ट कार्यक्रम रहनेमा यहाको नेपाली समुदाय बिश्वस्त रहेको छ ।
मेची–महाकाली अभियानका स्वयंसेवकलाई आचारसंहिता
काठमाडौँ, १७ फागुन । नेकपा (एमाले) ले यही फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई नौबुँदे आचारसंहिता जारी गरिएको छ ।
आगामी चैत ५ गतेसम्म चल्ने सो अभियानका लागि जारी गरिएको आचारसंहितानुसार स्वयंसेवकले तोकिएको कार्य निर्धारित समयसीमाभित्र पूरा गर्नुपर्ने, ‘चेन अफ कमान्ड’मा परिचालित हुनुपर्ने, आवास तथा भोजनका लागि तोकिएको स्थान प्रयोग गर्नुपर्ने र अभियान अवधिभर मद्यपान र धूमपान सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।
स्वयंसेवकले पार्टीका नेता तथा स्थानीय समुदायलाई आदरपूर्वक व्यवहार गर्नुपर्ने, केन्द्रीय तहबाट परिचालित हुने स्वयंसेवकले स्थानीय स्वयम्सेवकसँग आवश्यक समन्वय गर्नुपर्ने, स्थानीय तहमा विभिन्न कोणबाट अभियानबारेमा सोधखोज भएमा जिम्मेवारपूर्वक तरिकाले पार्टीको धारणा राख्नका लागि आचारसंहितामा निर्देशन गरिएको छ ।
अभियानमा सहभागी स्वयंसेवकले विभिन्न कोणबाट प्राप्त गरेका सूचना टोली नेतामार्फत नेतृत्व समक्ष पु¥याउनुपर्ने तथा सेल्फी खिंच्न, घुमफिर गर्न र अनावश्यक समय खर्च नगर्नका लागि आचारसंहितामा भनिएको छ ।
त्यस्तै स्वयंसेवकले अभियानमा जाँदा नियमित औषधि तथा प्रयोग गर्नुपर्ने सामग्री तथा अभियानसम्बन्धी पर्चा, ब्रोसर बोक्नुपर्ने व्यवस्था गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
अभियानमा करिब दश हजार स्वयम्सेवक परिचालन गरिने छ । मुलुकका ३० स्थानमा आमसभा, झाँकी प्रदर्शन, पार्टी प्रवेशजस्ता कार्यक्रम हुनेछन् । सो क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था तथा संविधान संशोधनभन्दा पनि कार्यान्वयनका पक्षका बारेमा स्थानीय जनतालाई बुझाइने छ । रासस
विद्युत्भार कटौती छिट्टै हट्ने उर्जामन्त्रीको घोषणा
धुलिखेल ,१७ फागुन । ऊर्जामन्त्री जनार्दन शर्माले प्राकृतिक स्रोत र साधनलाई प्रयोग गर्न सकेमा छिट्टै जनताले खोजेको चाहना पूरा गर्ने सकिने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा लियो क्लब अफ काठमाडौँ मार्गदर्शनले आयोजना गरेको ‘प्रिज्म इन्टरनेसनल युथ क्याम्प’को समापन कार्यक्रममा मन्त्री शर्माले भने, “हामी कस्तुरी जस्तै भएका छौं, बिना आफैंले बोकेर बास्नाको पछि दौडिरहेको जस्तै प्राकृतिक स्रोत र साधन भएर पनि प्रयोग गर्न नसकेर अरुकै खोजीमा हिँडिरहेका छौं ।”
सो क्रममा युवाको जिज्ञासाको उत्तर दिँदै मन्त्री शर्माले आफ्नो नेतृत्वमा व्यवस्थापकीय कार्यलाई राम्रोसँग अगाडि बढाउन सकिएकाले विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको बताए । उनले केही क्षेत्रमा विद्युत्भार कटौती भइरहे पनि दिनको तीन घन्टा मात्रै भइरहेको र त्यसलाई छिट्टै अन्त्य गर्ने कार्यमा प्राविधिक रुपमा काम भइरहेको जानकारी दिए ।
संस्थाले छ दिनदेखि सञ्चालन गर्दै आएको उक्त शिविर मंगलबार धुलिखेलमा सम्पन्न गरिएको संस्थाका अध्यक्ष समिर बुढाथोकीले बताए । पर्यटन र ऊर्जालाई कसरी अर्थतन्त्रमा जोडेर काम गर्न सकिन्छ भन्ने कुरालाई जोड दिएर युवालाई जागरुक बनाउनको लागि शिविरको आयोजना गरिएको बुढाथोकीको भनाइ छ ।
आगामी वर्षको बजेट सिलिङ ११ खर्ब, बजेट भाषण नै खर्च गर्ने अख्तियारी
काठमाडौं ,१७ फागुन। आगामी आर्थिक वर्षको लागि बजेटको सिलिङ ११ खर्बको सीमामा राख्ने तयारी भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार चालु आर्थिक वर्षको तुलनामा यसपटक सिलिङ नै २१ प्रतिशतले बढाइएको हो ।
चालु आवको लागि राष्ट्रिय योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँ सिलिङ तोकेको थियो । केपी ओली नेतृत्वको सरकारले आयोगले तोकेको सीमा नाघेर १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट ल्याएको थियो ।
‘मोटामोटी ११ खर्बको सीमा तोक्ने हाम्रो तयारी हो तर, जनतामा सेवा पुग्ने, उनीहरुको पहुँच वृद्धि गर्ने सृजनशील परियोजना आएमा केही लचिलो हुन सकिन्छ,’ राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठले भने ।
राष्ट्रिय योजना आयोगले फागुन १९ गतेदेखि प्रत्येक मन्त्रालयसँग बजेट सम्बन्धि छलफल समेत गर्ने भएको छ । छलफल हालको आयोजनाहरुमा खर्चको अवस्था, नयाँ कार्यक्रम लगायतको विषयमा केन्दि्रत हुनेछ ।
हाल राजस्व उठ्ती दरको अवस्थामा पनि छलफल हुने र यसलाई पनि सिलिङ तोक्ने आधार बनाइने भएकोले केही तलमाथि भने हुन सक्ने देखिएको छ ।
चालु आवको ६ महिना अर्थात् पुससम्म २ खर्ब ५७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा १ सय ७ प्रतिशतले बढि उठाउन सफल भएको थियो । सो अवधिमा २ खर्ब ७७ अर्ब राजस्व उठेको छ ।
अर्थमन्त्रालयले हालै गरेको एक कार्यक्रममा नै यसअघि तय गरेको बाषिर्क राजस्व संकलन लक्ष्यमा १४ अर्बले बढाएर ५ खर्ब ७९ अर्ब संकलन हुने संशोधित अनुमान प्रस्तुत गरेको थियो ।
बजेट भाषण नै खर्च गर्ने अख्तियारी
संविधानमा नै बजेट भाषणको मिति तोकिएकाले चालु आवमा जेठ १५ गते नै बजेट ल्याइएको थियो । तर, खर्च गर्ने अख्तियारी साउनबाट मात्रै हुने व्यवस्था आर्थिक नियमावलीमा भएकोले गर्दा चाँडो अख्तियारी जान सकेको थिएन । बजेट खर्चमा पनि अपेक्षित सुधार हुन सकेको थिएन ।
हुनतः चालु आवको बजेट भाषण भएकै दिनबाट अख्तियारी भएको मानिने बताइएको भएपनि नियमावलीमा रहेको व्यवस्थाले त्यसो हुन सकेको थिएन । त्यसैले यसपटक आर्थिक नियमावलीमै संशोधन गरेर पनि बजेट भाषण लगत्तै खर्च गर्ने अख्तियारी हुने व्यवस्था गर्न लागिएको श्रेष्ठले बताए ।
‘बजेट आएकै दिन भाग १ मा रहेका कार्यक्रमहरुको खर्च गर्ने अख्तियारी भएको मान्ने गरी नियमावली नै संशोधन गर्ने तयारी पनि रहेको छ,’ श्रेष्ठले उल्लेख गरे ।
चालु आवमा सरकारी खर्च बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा पुँजी अभावको समस्या नै देखियो । सरकारले चालु आवको ६ महिनामा पुँजीगत (बिकास) शीर्षकको ११ प्रतिशतमात्र खर्च गर्न सकेको थियो ।
नयाँ पार्टी खोल्न रविन्द्र मिश्रले छाडे बीबीसी
१७ फागुन, काठमाडौं । चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाडेका छन् ।
राजनीतिमा आउने तयारीका साथ उनले बीबीसी नेपाली सेवा निर्देशक पदबाट राजीनामा दिएका हुन् । यसको औपचारिक घोषणा केहीबेरमा गर्नेछन् ।
स्रोतका अनुसार मिश्रले नयाँ शक्ति बनाउने प्रस्ताव राखेका थिए । उनीहरुले पहिले बीबीसीको जागिर छाड्न भनेपछि उनले राजीनामा दिएका हुन् ।
तर, नयाँ राजनीतिक दल गठनको प्रक्रिया भने धेरै अघि नबढेको स्रोतले बताएको छ ।
Monday, February 27, 2017
अमेरिकाका यहूदी बिद्यालयमा बमको आतंक
डिसी ,फेब्रुअरी २७ ,अमेरिकाका विभिन्न राज्यमा संचालनमा रहेका यहूदी बिद्यालयहरुमा सोमबार बिहान बमको आतंक मच्चिएको छ l डिसी क्षेत्रका केहि बिद्यालय तथा अमेरिकाका केहि बिद्यालयहरुलाई बम को धम्कि प्राप्त भएको खबर बिद्यालयले प्रहरीलाई जानकारी दिएका थिए l
फेयर फ्याक्स को गेसर जेविश डे स्कुल तथा रकभिलको चार्ल्स ई स्मिथ जेविश डे स्कुल नामक बिद्यालयलाई बमको धम्कि दिइएको थियो l प्रहरीले अनुसन्धान का लागि राखिएका जासुसी कुकुरको सहायताले खोज तलास गरे पछि कुनै त्यस्तो सामग्री नपाइएको जनाएको छ l
यसै गरि ठिक एक घण्टा पछि मेरिल्याण्ड राज्यको बाल्टिमोर शहर तथा एनापोलिस शहरमा पनि बेग्ला बेग्लै धम्कि प्राप्त भएको प्रहरीले जनाएको छ l जेविश सेन्टर अफ ग्रेटर बाल्टिमोरले जनाए अनुसार ओविङ्ग्स मिल्स क्याम्पसको जस्तै बम को धम्की प्राप्त गरेको जानकारी दिएका छन् l यसै गरि एलेफ बेट जेविश डे स्कुल नामक बिद्यालयलाई पानि धम्कि आएको एनापोलिस प्रहरीले जनाएको एनबिसी वाशिंगटनले लेखेको छ l
गत महिना देखि यहूदी समुदायलाई धम्कि आउने क्रम वृद्धि भएको छ भनि एनापोलिस प्रहरीका प्रमुख स्कट बेकरले जानकारी दिएका छन् l हामीहरु यस्ता धम्कि प्रति गम्भीर छौ र पहिचान गर्ने काम मा हामी लागि परेको बताएका छन् l
जेसीसी एसोसिएसन अफ नर्थ अमेरिकाले यहूदी समुदाय तथा दिवा बिद्यालयमा कम्तिमा एक दर्जन जति बम को धम्कि प्राप्त भएको जानकारी दिएका छन् l बम को आतंक भएता पनि कहिँ पनि बम (गोल बारुद ) नभेटिएको जानकारी संघले दिएको छ l
नया बर्ष २०१७ देखि अहिले सम्म पाचौ बम धम्कि यहूदी समुदाय तथा यहूदी संस्थाको बिरुद्ध भएको हो l यहूदी समाधिस्थल मा रहेका ठुला ढुंगाहरु क्षति बनाए पछि बम को धम्कि आउन थालेको हो l गत हप्ता सेन्ट लुईसमा झन्डै २ सय वटा समाधि स्थलका ढुंगाहरु भुइमा झारिएका र भत्काईएका थिए l
यसै गरि गत आईतबार फिलाडेल्फियामा झन्डै एक सय जति ढुंगाहरु भत्काईएका थिए l
तस्बिर :एनबिसी वाशिंगटन/एपी
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...