Thursday, February 2, 2017

स्वर्गीय जया भट्टराई को दाह संस्कार मनासस भर्जिनियामा गरिने

सम्पूर्ण नेपाली समुदायहरु ,

मेरी ममतामयी आमा जया भट्टराई गत जनवरी ३० तारिखमा हामीलाई सदाको लागि छोडेर जानु भएको छ l ८७ बर्षिय आमाको निधनले हामी स्तब्ध तथा मर्माहात भएका छौ l हामी गहिरो शोकमा डुबेका छौ l यस दुखद घडीमा हामीलाई नेपाली समुदाय बाट पाएको दुखका समबेदना सन्देश तथा हामीलाई दिएको हौशला प्रति हामी धन्यवाद दिन चाहन्छौ l समुदायले पछाडी बाट दिएको हिम्मतले हामी काम गरि रहेका छौ l

बिगत २१ बर्ष देखि मेरी स्वर्गीय आमाले हामी संग बिताएको अमुल्य तथा अविस्मरणीय क्षण ले हामीलाई निकै अप्ठ्यारो तथा असहज बनाएको छ l तथापी मानिस मरणशील भएकोले वहाले स्वर्ग को वास लिनु भएको छ भन्ने हामीलाई विश्वास लागेको छ l

आमाको दाह संस्कार आगामी फेब्रुअरी ४ तारिख मनासस भर्जिनियामा हुने भएकोले उक्त दाह संस्कारमा पाल्न हुन् पनि अनुरोध गर्दछौ l

ठेगाना यस प्रकार छ :


The viewing and services will be held on

Saturday, February 4th, 2017 from 10 am to 12 pm

Baker-Post funeral home
10001 Nokesville Rd,
Manassas, VA 20110

धन्यबाद

प्रभा भट्टराई देउजा
कुमार देउजा
प्रकृति देउजा
सेन्टर भिल भर्जिनिया

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...