Tuesday, February 21, 2017

नेजस अमेरिकाको पहलमा जुटेको रकम क्यान्सरपीडित भूर्तेललाई हस्तान्तरण

 

पद्म नेपाल, २१ फेब्रुअरी, २०१७, क्यालिफोर्निया । 

नेपाली जनसम्पर्क समिति अमेरिकाको पहलमा समितिका केन्द्रीय सल्लाहकार शिव उपाध्याय (भुर्तेल)को उपचारका लागि झण्डै ६ हजार अमेरिकी डलर सहयोग जुटेको छ । कलेजो क्यान्सरबाट पीडित भै हाल कोलोरोमै उपचाररत भुर्तेलका लागि ५ हजार ९ सय ५४ अमेरिकी डलर संकलन भएको नेजस अमेरिकाले जनाएको छ ।

नेविसंघका पूर्व कोषध्यक्ष समेत रहनुभएका भुर्तेलको उपचारका लागि नेजस अमेरिकाका सभापति आनन्द विष्ट र सिँगो कार्यसमितिको पहल र नेपाली जनसम्पर्क समिति अमेरिकाले कोलोराडो च्याप्टरका अध्यक्ष गणेश भण्डारीको सम्योजक्त्यो मा उपचार खर्च जुटाइएको हो । हाल ग्रिली कोलोराडोमकै उपचाररत भुर्तेलका लागि नेजस अमेरिका कोलोराडो च्याप्टरको सभापति गणेश भण्डारी उहाँ भएकै ठाउँमा पुगेर रकम हस्तान्तरण गरेको थियो । त्यस क्रममा कोलोराडोका स्थानीय जनसम्पर्क समितिको अग्रज हरू केंद्रीय समितिको सल्लाहाकार बुद्धि प्रसाद लामिछाने, केन्द्रीय सदस्य गोविन्द लमसाल, पूर्व केंद्रीय सदस्य जगन्नाथ गौतम एनआरएन कोलोराडोका सभापति बासु खनाल, महासचिव  ज्ञानेन्द्र पौडेल, उपाध्यक्ष प्रेम र प्रेम रेग्मी लगायत भुर्तेलेको निवासमा पुग्नुभएको थियो ।

भुर्तेललाई हालसम्म पाँच वटा केमो थेरापि दिइसकिएको बताइएको छ । केमो थेरापीपछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको बताइएको छ । त्यस अवसरमा भुर्तेलले आफ्नो उपचारका लागि सहयोग गर्ने सबैप्रति हार्दिक नमन समेत व्यक्त गर्नुभएको छ । यसरी उपचारका लागि आर्थिक सहयोग प्रदान गरेर मानवीय धर्म पुरा गर्ने सबैप्रति नेजस अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्टल विशेष आभार व्यक्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...