Tuesday, February 7, 2017

पत्रकार र समाजसंग सगूनको साक्षात्कार

नेपालीले स्थापना गरि सञ्चालनमा ल्याएको सगून इन्कले अमेरिकाको डीसी महानगर क्षेत्र भित्र रहेका पत्रकारहरु तथा सोहि क्षेत्रमा रहेका नेपाली समुदायसंग सम्वन्धित सामाजिक संघसंस्थाहरुबीच फेबु्रअरी ६ आइतवारका दिन साक्षातकार कार्यक्रम सम्पन्न ग¥यो ।

सन् २०१४ देखि सञ्चालनमा आएको सामाजिक सञ्जाल सगूनले हालै अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिशनबाट मिनी आइपीओ मार्फत सर्वसाधारणको लागि स्वामित्व शेयर निस्कान गर्न स्विकृती पाएको र सो सम्वन्धी समुदायमा जानकारी गराउने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको थियो ।

कार्यक्रममा दिइएको जानकारी अनुसार सगूनले अमेरिकी सरकारको रेगुलेशन ए प्लस अन्तर्गत जब्स एक्ट २०१२ को प्रावधान अनुसार २० मिलियन डलर बराबरको स्वामित्व शेयर निस्कासन गरेको छ । प्रति कित्ता २३ युएस डलर मूल्य रहेको शेयर यहि फेबु्रअरी ९ तारिख देखि सर्वसाधारणको लागि वितरण खुल्ला गर्न लागेको छ ।

 

उक्त अवसरमा दिइएको जानकारी अनुसार यस प्रावधान अन्तर्गत रहेर मिनी आइपीओ जारी गर्ने सामाजिक सञ्जालको क्षेत्रमा सगून नै पहिलो कम्पनी हुन पुगेको छ । कार्यक्रममा सगूनका संस्थापक गोविन्द गिरीले सगूनको इतिहास देखि हालको अवस्थासम्म आइपुग्दाका आरोह अबरोहको बारेमा बताएका थिए । आफ्ना योजना र भिजनलाई झोलामा बोकेर नेपालीहरु कै ढोका ढक्ढक्याउन पुगेको र नेपाली सगमुदाय अनि नेपाली संचार क्षेत्रको सहयोगले नै मिनी आइपीओको स्विकृती पाउने अवस्थासम्म आइपुगेको स्मरण सुनाएका थिए ।

साथै गिरीले अन्य सामाजिक सञ्जाल भन्दा सगून के कारणले फरक छ र यसले प्रयोग कर्तालाई कसरी आफ्नो आम्दानीको हिस्सा प्रदान गर्छ भन्ने कुराको पनि जानकारी दिएका थिए ।

गिरीले मिनी आइपीओ पश्चात सगूनले सम्पन्न गर्न लागेको योजनाको बारेमा समेत जानकारी दिए । मुख्य योजनाहरु निम्नानुसार रहेको जानकारी गराए :  १. नेपालमा आइटी हब स्थापनाको प्रारुप तयार गर्ने २. सगूनको मोवाइल एप शुरु गर्ने ३. सगूनको ‘सोसियल स्मार्ट कार्ड’ को शुरुवात गर्ने । ४. सगूनको पाइपलाइनमा भएका अन्य परियोजना क्रमश शुरु गर्दै जाने ५. सगूनमा नया विशेषताहरु थप गर्दै प्रयोगकर्ताहरुको संख्या बढाउने कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने । ६. भारतको आइआइटी नया दिल्लीमा टेक्नोलजी ल्यावको स्थापना ७. अमेरिका र भारतमा नया कार्यालयको स्थापना

सगूनलाई सफल बनाउन हिजोको दिनमा जस्तै सञ्चार क्षेत्र देखि सबै नेपाली समुदायको सहयोगको आवश्यक निरन्तर रहेको र हाल सगूनले जारी गरेको मिनी आइपीओ मार्फत आफ्नो सहभागिता जनाइ स्टार्ट अप कम्पनीमा लगानी गर्ने अवसर नछुटाउन अनुरोध गरे ।

त्यसै गरि उक्त कार्यक्रममा सगूनका सहसंस्थापक कविन्द्र सिटौलाले नेपाल र नेपालीको पहिचानलाई विश्व सामु पु¥याउने अभियानकोरुपमा सगूनको शुरुवात भएको बताए । कहिल्यै हार्न नजानेको नेपाली जातीले सगूनको अभियानलाई सफल बनाउन सकिन्छ भन्ने कुरामा सगून टीम विश्वस्त भएको भन्दै सबैले सगूनको मिनी आइपीओ मार्फत वितरण गरिने शेयरको हिस्सा आफ्नो क्षमता अनुसार खरिद गरिदिन अनुरोध गरे ।

साथै यस्तो स्टार्टअप कम्पनीमा लगानी गर्दाको फाइदाको सम्भावना अत्यन्तै धेरै हुने तर जोखिमको मात्रा पनि त्यत्तिकै हुने भएकोले लगानी गर्दा विचार पु¥याउनु हुन पनि अनुरोध गरेका थिए ।

सगूनको सफलतामा मिडियाको महत्व अत्यन्तै रहेको, समुदायको समर्थन त्यत्तिकै सहयोगी सिद्ध भएको र आउँदा दिनमा पनि नेजा लगायत पत्रकारहरु तथा नेपाली सामाजिक संघसंस्थाहरुसंग नै हातेमालो गर्दै जाने सगूनको नीति रहेकोले सगूनको हालसम्मको उपलब्धि र आगामी योजनाको बारेमा मिडिया र समुदायलाई जानकारी गराउनु पनि सगूनको दायित्व रहेको र त्यसैको लागि पनि यो कार्यक्रम राखिएको बताए ।

बास्तोला एण्ड एशोशियट्सका सुधिर बास्तोलाले सगूनको आर्थिक व्यवस्थापनको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा संस्थापक गिरीले पत्रकार लगायत उपस्थित व्यक्तिहरुबाट सोधिएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिएका थिए ।

अन्त्यमा सगूनका सल्लाहकार प्रेम संग्रौलाले पत्रकार, समुदायका संघसंस्थाहरु र उपस्थित सबैमा सगूनको तर्फबाट धन्यवाद दिदै सगूनले निष्काशन गरेको शेयर खरिद गरिदिएर सहयोग गरिदिनुहुन सबैमा अनुरोध गरे । परशु तिमल्सिनाले सञ्चालन गरेको सगूनको यो साक्षातकार कार्यक्रमको संयोजन नेपाल अमेरिका पत्रकार संघ (नेजा) संग मिलेर गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...