Friday, February 24, 2017

बेलायतको गोर्खा सैनिकहरुले सिवरात्रि मनाए

लण्डन ,१३ फागुन । फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टको मंन्दिरमा भगवान शिवको पूजा रेजिमेन्टका पण्डित शंकरमणि नेपाल र गोर्खा मेजर,  मेजर गजेन्द्रआङ्गदेम्बेले आराधना गरीएको नेपालीहरुको महान  पर्व महाशिवरात्रि गोर्खा रेजिमेन्टका सैनिकहरुले धुमधाम सँग मनाए ।

 

हरेक बर्ष पुशपति क्षेत्रमा भक्तजनको घुँइचो लाग्ने र भारतका विभिन्न स्थानबाट आएका नागा बाबा ,भक्तजनको बाक्लो उपस्थिति  साथै नागा बाबाहरुको नाङ्गो तस्विरले सामाजिक संन्जालमा छापछाप्ति पारेको देखिन्छ ।

 

हिन्दुहरुको चर्चित मंन्दिर पशुपतिनाथमा भक्तजनको सुविधाकालागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले संयोजन गरेका थिए । काठमाण्डौंमा यो वर्ष करिब १५ लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको मंन्दिरका सचिव डा. गोविन्द टण्डनले जानकारी गराएका थिए ।

 

नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएपनि गोर्खा रेजिमेन्टका कलिलो सैनिकहरुले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो ठानेनन् । तर पाका सैनिक सोलु निवारी श्याम राई र सुनसरी धरान निवासी दुर्गा लिव्बुले भने नागाबाबाको नांगो दृश्यले बेलायतमा रहेपनि अलिकति असहज रहेको बताए  ।

सामाजिक संन्जालतिर नतमस्तक बनिरहेका केहि नेपालीहरुले जोगिहरुको नाङ्गो तस्विरको आलोचित खण्डन गरिरहेका छन् भने केहि रंङ्गमन्जका गजेडिया स्वाभावका युवाहरुले ठिकै मानिरहेको बताएका छन् । संन्जालतिर जस्तै गमन बनिरहेपनि पण्डित नेपालले भने– ‘भगवान शिवले मान्छेको जीवनमा जहिले पनि अगाडि सोच्न,हाम्रो साथमा जे छ त्यो सहयोग गर्ने भावना भगवान शिवसँग जब उत्पन्न भयो अनि सुरु भयो उनको महत्वपूर्ण रात्रिको ।’ यस दिनलाई शिवको जन्म दिन नभनिए पनि उनको पहिलो सर्वाधिक मन पर्ने रात्रिको रुप लिन सकिने पण्डित नेपालले दावि गरे भगवान शिव कहिले जन्मे उनको केहि ईतिहास नपाईएको जानकारी दिए ।

 

रेजिमेन्टका पण्डित शंकरमणि नेपालले आ-आफनो परिवार भित्रको माया, प्रेम र सद्वभावको व्यावहारिक ज्ञान दिदै भगवान शिवको जीवन कथामा भगवान शिव शिकार खेल्न गएका र जाँड रक्सिको रवाफले मात्र प्रियतमलाई मिठो मुस्कान दिन नसकिने उल्लेख गरेका थिए ।

 

पण्डित नेपाल र गोर्खाहरुको उच्च ओहदाका गोर्खा मेजर, मेजर गजेन्द्र आङ्गदेम्बेले गोर्खा रेजिमेन्टमा प्रख्याप्त मानिने आरती भजन सुरुवात गराएका थिए ।

 

मेजर आङ्गदेम्बेले उपस्थिितहरुलाई शिवरात्रिको हार्दिक उपलक्ष्यमा धन्यवाद व्यक्त गदै जीवनमा सधै सफलताको अनुभूति पाईरहन शुभकामना दिएका थिए । बटालिएनका वारेन्ट अफिसर वान संगम राई, वारेन्ट अफिसर टु सिव कुमार राई, सहसेनाली डिल्लीकुमार राई,, राम राई,मेजर राज राई, वारेन्ट अफिसर कैलाश खेबाङ्ग लगायतको उपस्थित रहेको थियो ।

 

गोर्खा रेजिमेन्टका धरान निवासी दुर्गा लिम्वुले भने –‘ फौजिहरु  धर्ममा आश्था राख्छन् धार्मिक स्थलतीर जोगीहरु नांङ्गै भगवानको प्रतिविम्व बनेर मन्दिर परिसरमा देखिन्दा मेरो मन खल्लो लाग्छ ।’ नेपाली समाजमा परम्परा  भएपनि नागाबाबाले नांङ्गै हिड्न नहुने सामाजिक संन्जालकी चर्चित पत्रकार सुष्मा रुपाबुङ्ग राईले आफ्नो सामाजिक संन्जालमा अविव्यक्ति राख्दा करिव ५ लाख नेपालीहरुले सकरात्मक प्रतिक्रिया दिएका छन् ।

 

जेठाजुहरुलाई कपाल समेत देखाउन लाज मानिने प्रचलनमा आफु हुर्किएकी राई दोस्रो गोर्खा बटालियनमा डाईमन्ड लाहुेको जीवनसाथि हुनमा गौरव राख्दै उनले भनिन् नांङ्गो तस्विरले नेपालीहरुको अपहेलना गरिरहेको छ ।

 

बेलायतमा रहेका युवा पिडीका युवतीहरु बताउँछन् –‘नाङ्गो तस्विरले कलिलो अनारलाई रसिलो बनाउँन सक्दैनन्’ चाहे त्यो हिमाल, पहाड र तराईमा किन नफलोस । जुन फल फल्ने क्रममा शिव रात्रीको नाङ्गो तस्विर जस्तै त्यो फुल अभद्र र असुगन्धित हुन खोज्छ अनि यो मन पशुपतिनाथको भित्री मनमा लुकेको हुन्छ ।’

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...