Friday, February 24, 2017

भर्जिनियाका ट्याक्सी चालकलाई आईएसआइएस लाई सहयोग गरेको आरोपमा अदालत द्वारा ११ बर्षको कैद

भर्जिनिया क्षेत्रमा ट्याक्सी चलाउदै आएका २६ बर्षिय चालकलाई अदालतले ११ बर्षको कैद सुनाएको छ l मोहमुद अलहसन नाम गरेका सुडानीले इस्लामिक राज्य समुहको लागि भर्जिनिया बाट सिरिया हिडेका उनका साथीलाई विमानस्थल छोड्न गएका र सहयोग गरेको आरोपमा पक्राउ गरिएको थियो l

अलहसन ले गत बर्ष आफ्नो साथी जोसेप फारुखलाई रिचमण्ड विमानस्थल छोडेका थिए l उनका साथी आतंककारी समुह आईएसआइएस प्रवेस गर्न जान लागेका थिए l अभियोग पक्षका वादीले अलहसनले वाशिंगटन स्थित भेराईजन सेन्टरको बाहिर टेबुलमामा अल्लाह को प्रार्थना गर्दै धर्म परिवर्तन गर्न अरुलाई उत्प्रेरणा गरेको तथा आफुलाई बिधुतिय माध्यम बाट बिदेशी आतंकबादी गुट भनि बताएका थिए l उनले जसलाई विमानस्थलमा छोडेका थिए उनलाई साढे आठ बर्षको कैद भै भै सकेको छ l

.अलहसन सन् २०१२ मा अमेरिका अस्थाई आवसीय पत्र (ग्रिन कार्ड ) परिवारको सौजन्यता बाट आएका हुन् l आज अदालतमा सुनुवाईमा आँखा भरि आशु खसाल्दै आफुले परिवार ,अमेरिकाका मुसलमान समुहको छबि धमिल्याएको मा माफी मागेका छन् l

उनले युएस जिल्ला का न्यायाधिस एन्थोनी ट्रेंगालाई म एक प्रकारको एकोहोरो भएको र सबै कुराले मलाई मुर्ख मानिस जस्तै बनाएको अनुभूति भएको बताए l उनले लामो समय देखि आतंकबादी समुहलाई समर्थन र सहयोग गरेको हुनाले लामो समय सम्मको लागि कारावासमको सजायको भागिदार प्रस्ताव गरिएको वादीले जनाएका छन् l

उनले सामाजिक संजाल मुहार पुस्तिका मा “सोलो वोल्फ़ ” को शब्द राखी खोलेका थिए l अलहसनका वकिल थोमस डर्किनले सुडानमा पाएको दुख ,बाल शोषण र दुर्ब्यबहार भोगेको ले दयाको मुल्यांकन गरियोस भनि न्यायाधिस समक्ष कुरा राखेका थिए l तर न्यायाधिसले ११ बर्षको कैद सुनाएका छन् l

श्रोत :एपी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...