Saturday, February 4, 2017

प्लास्टिक कप थुप्रो लाउनेमा अनौठो यस्तो बिश्व किर्तिमान

एटलान्टा जर्जियामा विलियम ओरेल नाम गरेका किशोरले केवल ५ पल (सेकन्ड)मा आफैले बिगतमा तोडेको किर्तिमान भंग गरेका छन् l ५ सेकन्ड भित्र उनले प्लास्टिकको कप थुप्रो लगाएर बिश्व लाई आश्चर्य बनाई दिएका छन् l

जर्जियामा भएको प्रतिस्पर्धामा उनले किर्तिमान कायम गरेका हुन् l विलियम ओरेलवर्ल्ड स्पोर्ट्स स्टाकिंग एसोसिएसन का बिश्व क्रम संख्या एक वर्गमा उनि परेका छन् l उनले ४.८१३ सेकन्डमा जर्जियाको कोलम्बसमा भएको प्रतियोगितामा नया किर्तिमान गरेका हुन् l उनले दुई बर्ष अगाडी किर्तिमान गरेका थिए l उनले एक दर्जन कप चुली बनाउदै सर्बाधिक द्रुत गतिमा चांग लगाएर राखेका थिए भनि युपीआई ले जनाएको छ l

र जर्जियाको विन्स टोन सलेम / फोर्सिथ काउन्टी बिद्यालयको निजि संजाल मार्फत गिनिज बिश्व रेकर्ड्स २०१६ को पृष्ठ ६९ मा उनको नाम रहने लेखेको छ l

तस्बिर /समाचार श्रोत :युपीआई डटकम

हेर्ने पर्ने अत्यधिक द्रुत गतिमा किर्तिमान गरेको भिडियो :

http://bit.ly/2jMS4Vt

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...