Saturday, February 4, 2017

लन्डनमा राष्ट्रपति ट्रम्पलाई दिएको निम्तोलाई रद्ध गर्न व्यापक बिरोध जुलूस

बेलायती नागरिकहरुले लन्डन स्थित संसद भवनमा जुलुस निकाल्दै अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प लाई दिइएको निमन्त्रणा हटाउन माग गरेका छन l हजारौ को संख्यामा निस्केको जुलुसले औपचारिक भ्रमणमा बेलायत कि प्रधान मन्त्रीले दिइएको निम्तोलाई खारेज गर्न दवाव दिने हेतुले बिरोध जुलुस निकालेका हुन् l

कन्जरभेटिव दलकी बेलायती प्रधान मन्त्रि थेरेसा मे ले गत हप्तामा वाशिंगटन डीसी अमेरिकि राष्ट्रपति संग भेटघाट गरेकी थिइन् l उनि ट्रम्पले राष्ट्रपतिको पदभार लिए पछि ट्रम्पलाई भेट्ने बाह्य मूलुककि प्रथम राष्ट्र प्रमुख भएकी थिइन् l आगामी ग्रिष्म कालिन समयमा भ्रमण गर्ने राष्ट्रपति ट्रम्पले जानकारी दिएका थिए l

आज मिति फेब्रुअरी ४ तारिख झन्डै दुई माइल लामो हजारौ को संख्यामा रहेको प्रदर्शनकारीले अमेरिकन राजदुताबास देखि बेलायती संसद सम्म भ्रमण गरेका थिए l प्रदर्शन कारीले थेरेसा मे धिक्कार छ तिमीलाई भनि नारा लगाएका थिए l

श्रोत: एपी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...