Friday, February 10, 2017

सरकारले निर्वाचन गर्न सक्दैन्, प्रचण्डले तत्काल राजीनामा दिनुपर्छः नेता गुरुङ

पोखरा, २८ माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नं ४ का संयोजक किरण गुरुङले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताएका छन् ।

शुक्रबार कास्कीको निर्मलपोखरीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा स्थापित पुष्षलाल अध्ययन केन्द्र नेपालको भवन शिलान्यास गर्दै नेता गुरुङले निर्वाचन गर्न नसक्ने सरकारको औचित्य नभएको बताए ।

‘यो सरकारको प्रमुख कार्यभार संविधान कार्यान्वयन हो । त्यसका लागि आगामी माघभित्र तीनवटै तहको निर्वाचन गरिसक्नुपर्छ,’ उनले भने– ‘तर, यो सरकारको गतिविधि हेर्दा निर्वाचन हुने देखिन्न् । निर्वाचन गर्न नसके प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’कास्कीको निर्मलपोखरीमा आयोजित कार्यक्रममा एमाले नेता एवं पूर्वमन्त्री खगराज अधिकारी र पार्टी प्रदेश नं ४ का संयोजक गुरुङले संयुक्त रुपमा पुष्पलाल अध्ययन केन्द्रको भवन शिलान्यास गरे । आज शिलान्यास गरिएको भवन १ करोड २२ लाखमा १८ कोठा बन्नेछ ।

‘संस्थापक नेताको स्मृति गर्ने काम सह्रानीय छ’

कार्यक्रममा नेता गुरुङले पार्टीले संस्थापक नेताहरुको स्मृति गर्ने काम गरेकोमा प्रशंसा गरे । ‘मरिसके पछि पनि उहांको अस्तुलाई देशमा ल्याउन नदिनेसम्मको हर्कद भएको थियो,’ पुष्पलालको स्मरण गर्दै उनले भने–‘ यस्तो अवस्थामा अध्ययन केन्द्र खोल्नु अग्रज नेताप्रति सच्चा सम्मान हो यो ।’

अर्का नेता खगराज अधिकारीले शिलान्यास भएको ठाउंमा रहेको ठाउंमा पुष्पलाल पार्क बनाउने र सबैको आसा र भरोसाको केन्द्रको रुपमा रहने बताए ।

कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्ना धारणा राख्दै अध्ययन केन्द्रलाई २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

उक्त कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सचिव माधव बास्तोलासहित कास्कीका अगुवा एमाले नेताहरुको सहभागिता थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...