Friday, February 10, 2017

राप्रपाको काठमाडौं जिल्ला कार्यसमिति कमल थापाको पक्षमा

काठमाडौं, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला कार्यसमितिले महाधिवेशनमा अध्यक्षका उम्मेदवार कमल थापालाई मतदान गराइ विजयी बनाउने प्रतिवद्धता जनाएको छ ।

काठमाडौं जिल्ला कार्यसमितिले फागुन ६ देखि ९ गतेसम्म हुने एकता महाधिवेशनमा अध्यक्ष पदमा थापालाई अत्याधिक बहुमतले विजय गराउने सर्वसम्मत प्रतिवद्धता जनाएको हो ।

‘सर्वसम्मत रुपमा पारित यो प्रस्तावलाई सार्थक रुपमा कार्यान्वयन गर्न र गराउन काठमाडौं जिल्ला, महानगर, सबै नगरपालिकाहरू र क्षेत्रीय कार्यसमितिको तर्फबाट प्रतिनिधीत्व गर्नुहुने महाधिवेशन प्रतिनिधी र केन्द्रीय परिषद सदस्यहरूमा आग्रह गर्ने निर्णय गरिएको छ’, राप्रपा काठमाडौंले गरेको निर्णयमा उल्लेख छ ।

महाधिवेशन नजिकिँदै गर्दा कमल थापाको पक्षमा काठमाडौं जिल्ला कार्यसमिति खुलेरै उभिएको हो । थापासँग अध्यक्ष पदमा डा.प्रकाशचन्द्र लोहनीले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...