Thursday, February 16, 2017

राष्ट्रपतिद्वारा तीन आयुक्तलाई सपथ

काठमाडौँ, ५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका नवनियुक्त तीन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उहाँहरूलाई आज शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयुक्तको पदमा नियुक्त गरी सपथ गराउनुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...