१३ फेब्रुअरी, २०१७ क्यालिफोर्निया ।
गैरआवासीय नेपाली संघ (एनआरएन एनसीसी) अमेरिकाको अध्यक्ष पदमा हालकी उपाध्यक्ष रविना थापाले उम्मेद्वारी दिने भएकी छन् । आगामी फेबु्रअरी १९ तारिखका दिन एक कार्यक्रमका बीच थापाले अध्यक्ष पदका लागि विधिबत्ररुपमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष थापा अमेरिकाबासी नेपालीका माझ एक कुशल महिला समाजसेवीका रुपमा परिचित छिन् ।
उनले नेपालका दर्जनौं स्थानमा समाजसेवाको माध्यमबाट विकास निर्माणमा सघाई रहेकी छन् । थापाले आगामी कार्यकाल अर्थात् सन् २०१७ देखि सन् २०१९ का लागि अध्यक्ष पदका लागि उम्मेद्वारी दिन लागेकी हुन् । उपाध्यक्षको भूमिका रहेकी थापाले अहिलेसम्मको अनुभव र योगदानलाई निरन्तरता दिँदै सबैबाट प्राप्त सहयोग र सद्भाव अनुसार अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको बताएकी छन् । उम्मेद्वारी घोषणा कार्यक्रममा सहभागी भै आफ्नो हौसला बढाउन थापाले सबैलाई विशेष आग्रह गरेकी छन् ।
थापाले निकालेको निमन्त्रणा पत्रमा ‘तपाइहरुको उपस्थिति, सहयोग, सुझाव, साथ र समर्थन नै मेरो निर्वाचन जित्ने आधार भएकोले सम्पूर्ण नेपाली अमेरिकीनहरु, संघ–संस्था प्रतिनिधिहरु, पत्रकारहरु, आफन्त, छिमेकी, साथी, सुभचिन्तकहरु सबैलाई उपस्थित भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछु। ’ उल्लेख छ ।
उम्मेद्वारी घोषणा कार्यक्रम निम्त मिति, समय र स्थानमा हुने बताइएको छ ।
मिति : १९ फेब्रुअरी २०१७ समय : दिउँसो १ देखि ४ बजे सम्म स्थान : 11131 Pulaski Hwy, White Marsh, MD 21162
No comments:
Post a Comment