Sunday, February 12, 2017

आगामी मंसिरभित्रै सबै तहको निर्वाचन गर्नुपर्छ : योगेश भट्टराई

सल्लेरी (सोलुखुम्बु), १ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेकपा एमाले २०७४ सालको मङ्सिरभित्रमा तीनैवटा तहको निर्वाचन गराउनुपर्ने पक्षमा रहेको बताउनु भएको छ ।

आज प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुले सल्लेरीमा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले वर्तमान सरकार चुनाव गराउने पक्षमा नदेखिएकाले सरकारको औचित्य समाप्त हुँदै गएको विचार व्यक्त गर्नु भयो ।

उहाँले व्यवस्थापिका ससंद्मा दर्ता भएको संविद्यान संशोधन विधेयक औचित्यहिन भएकाले त्यसलाई थाती राखेर चुनावको तैयारीमा सरकार जुट्नु पर्नेमा जोड दिनुभयोे ।

पत्रकारको जिज्ञासामा उहाँले चुनाव र संशोधन प्रक्रिया एक अर्कामा जोडेर हेर्न नहुने स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि दलसँग स्पष्ट बहुमत नभएका कारण मिलेर जानुको विकल्प नरहेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts