Sunday, February 12, 2017

नायिका स्वेताले दिवंगत पतिको जिल्लामा एकीकृत बस्तीको लागि सहयोग गर्ने

चौतारा १ फागुन । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकीकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने हुनुभएको छ ।
भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकीकृत नमुना बस्ती बनाउन लागिएको हो ।

स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताउनुभयो ।

“हामीले सरकारी अनुदानबाटै एकिकृत नमुना बस्ती बनाउने सोच राखेका छौँ, स्थानीय झ्याँडी टोलसुधार समितिका अध्यक्ष दिनेश माझीले भन्नुभयो”– “त्यसैले भूकम्पपीडित ६३ परिवारका लागि निकासा भएको पहिलो किस्ता समितिकै नाममा खाता खोली एकमुस्ट बैंकमा जम्मा गरेका छौँ ।”

सोही अनुदानबाट आवास निर्माण गरिने र त्यहाँ पुग्न सडक, खानेपानी, पार्कलगायतको भौतिक संरचनाका लागि अभिनेत्री खड्कासँग आर्थिक सहयोग मागिएको स्थानीय नेत्रज्योति कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले बताउनुभयो ।

त्यहाँस्थित भिरालो ठाउँमा डोजरद्वारा चाँडैनै सम्याउने काम सुरु गरिने छ । एकीकृत बस्तीका लागि सट्टापट्टा गरेर भए पनि एकै ठाउँमा जग्गाको व्यवस्था मिलाइने बस्नेतले जानकारी दिनुभयो । एकिकृत बस्ती बसाउन २८ रोपनी जमिन आवश्यक पर्दछ ।
एकीकृत बस्तीको लागि सहजकर्ताद्वय स्थानीय यज्ञराज कार्की र गाउँ बाल संरक्षण समितिका सचिव लालबहादुर श्रेष्ठले विपन्न तथा सीमान्तकृत माझी परिवारलाई आवासको सुविधा दिने उद्देश्य राखिएको बताउनुभयो । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...