Sunday, February 12, 2017

चन्दलाई आईजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सरकारले आइतबार विहान मात्रै डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

तर, त्यसलगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र ११ जना डीआईजीको कार्यसम्पादन फाइल  झिकाउन पनि आदेश दिइएको छ । सर्वोच्चको आदेशसँगै चन्दको नियुक्ति तत्कालका लागि रोकिएको छ ।

शुक्रबार अधिवक्ता कपिलदेव ढकालले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले रिट निवेदक र सरकारलाई छलफलका लागि बोलाएको छ ।

यसैबीच बरियता क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवालले पनि चन्द नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । बरियता क्रममा यसअघि चन्द डिआइजी सिलवाल र प्रकाश अर्यालपछि तेस्रो नम्बरमा थिए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...