Sunday, February 19, 2017

स्व खिम प्रसाद भट्टराई स्मृति छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न

ढिकुरा गाबिस वार्ड न ३ पिहाले निवासी स्व. खिम प्रसाद भट्टराईको सम्झनामा स्थापना गरिएको  खिम प्रसाद भट्टराई स्मृति छात्रवृत्ति कार्यक्रमलाई आज एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । ढिकुराको गौचौर स्थित जन्मभुमी आधारभुत प्राबिको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता ढिकुरा नमुना युवा परिसदका कार्यबाहक अध्यक्ष दिपक चुदालीले गर्नु भएको थियो भने स्वागत सचिव माधव घिमिरे एव सन्चालन दिपक खासुले गर्नुभएको थियो ।
 
 
स्थानिय बुद्धिजीवीहरु तथा शिक्षक अभिभावकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा स्व. खिम प्रसाद भट्टराईको ब्याक्तीत्व र उहाको समाजप्रतिको चिन्तनकोबारेमा चर्चा परिचर्चा गरिएको थियो ।  “आजको समयमा पनि आफ्ना बाबुआमाको सम्झनालाई जिवन्त राख्न राम्रो काम गर्नुभएछ” स्थानीय ९३ बर्सिय वृद्धाको प्रतिकृया रहेकोछ । कार्यक्रमकै क्रममा स्व खिम प्रसाद भट्टराईको स्मरण गरिएको थियो भने श्रद्धान्जली तथा तस्बिरमा अबिर लगाउदा कार्यक्रममा उपस्थित सबै भावुक देखिएका थिए ।
 
 
स्व खिम प्रसाद भट्टराईको पुन्यतिथिकै अवसरमा आयोजित सो कार्यक्रममा उहाका सुपुत्र हाल काठमाडौ निवासी बरिस्ठ कृषि बैज्ञानिक डा ध्रुबराज भट्टराई द्वारा आफ्ना पिताको स्मृतिमा स्थापित सो छात्रवृत्ति कार्यक्रमलाई ढिकुरामा कृयासिल ढिकुरा नमुना युवा परिसद मार्फत सम्पन्न गर्न जिम्मेवारी दिनुभएको थियो । सो अनुरुप अति जेहेन्दार,असाह्रय र बाबुआमा बिहिन दुई जना बिध्यार्थीहरु जस्मा जन्म भुमी आधारभुत प्राबिका सुसान्त बरौले र शारदा उमाबि गैरागोठ कक्षा 9 मा अध्यनरत प्रतिमा आचार्यलाई छात्रवृत्तिको लागि उपयुक्त ठानी जनही ३००० रुपैया तथा प्रमाणपत्र प्रदान गरिएको छ ।  स्व खिम प्रसाद भट्टराईको स्मृतिलाई जिवन्त राख्न परिसदलाई प्रदान गर्नु भएको छात्रवृत्ति कार्यक्रमको लागि उहाका सुपुत्र डा. भट्टराईलाई उपस्थित सबैले मुक्तकन्ठाले प्रशंसा गरेका छ्न ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...