Monday, February 20, 2017

प्रवासी नेपाली मञ्च स्वीटजरल्याडले नयाँ बर्ष २०७४ कार्यक्रम गर्ने !!

प्रवासी नेपाली मञ्च स्वीटजरल्याडले नयाँ बर्ष २०७४ जेनेभामा धुमधामका साथ मनाउने भएको छ । प्रवाशमा रहेका नेपालीहरु माझ नयाँ बर्षको शुखद अवसर पारेर पहिलो पटक स्वीटजरल्याण्डमा मञ्चले शुभकामना तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

मञ्चका सचिब श्री बिक्रम केसी ( मेटाल्ज ) ले जानकारी दिएअनुसार यही बैशाख १ गते (अप्रील १५ शनिवार) का दिन स्वीटजरल्याण्डको रमणीय सहर जेनेभामा हुने भएको हो ।

स्वीटजरल्याडमा रहेका हरेक नेपालीहरुलाई उपस्थितिको लागि मञ्चका अध्यक्ष्य संजय मुडवरिले आग्रह गर्नु भएको छ साथै कार्यक्रमको बिष्तृत जनाकारी केहि समय पश्चात प्रकाशित गरिने बताउनु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...