Monday, February 20, 2017

ब्रसेल्समा विमा सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न

-स्विस नेपाल डट कम – (संपादक/ ब्रसेल्स)

नेपाली व्यवसायी संघ बेल्जियमको आयोजना र नेपाल ब्रसेल्स् मिलन केन्द्र ब्रसेल्सको सम्योजनमा, हामी सवैले अनिवार्य रुपमा गर्नुपर्ने बिमा, स्वेच्छिक् बिमा, ब्यवसायिले गर्नुपर्ने बिमा , जीवन बिमा, कार बिमा (दुर्घटना भएमा Europees aanrijdingsformulier-EAF कसरि भर्ने) जस्ता बिमा सम्बन्धि आवस्यक पर्ने सवै बिषयमा सबैलाई जानकारी होस् भन्ने उदेस्यले बिमा बिज्ञद्वारा तालिम (अन्तरक्रिया) कार्यक्रम आज सम्पन्न भयो।

यस कार्यक्रमको सुरुमा ब्रुसेल्स मिलन केन्द्रको महासचिब हरी कृष्ण श्रेष्ठ ज्यूलाई पित्री शोक परेको हुनाले १ मिनेट उहाको बुवाको सम्झनामा मौन धारण गरी कार्यक्रम अगाडी बढाएको थियो । नेपाली व्यवसायी संघको बेल्जियमको तर्फबाट अध्यक्ष श्री सि. पि. भट्ट र महासचिब श्री यामु निरौला बिमा कम्पनीबाट धेरै अनुभबी बिमा बिज्ञ Mr. Niemegeers Jean Christtophe उपस्थित भई बेल्जियममा हामीहरुले अनिबार्य गर्नु पर्ने हामी सवैले अनिवार्य रुपमा गर्नुपर्ने बिमा, स्वेच्छिक् बिमा, ब्यवसायिले गर्नुपर्ने बिमा, जीवन बिमा, कार बिमा (दुर्घटना भएमा Europees aanrijdingsformulier-EAF कसरी भर्ने) भन्ने बारे उदाहरण सहित प्रस्ट्याउनु भएको थियो।

नेपाल ब्रुसेल्स मिलन केन्द्रको अध्यक्ष यज्ञ बहादुर गुरुङले यस अन्तर्कृय कार्यक्रममा यो महत्वपुर्ण कुराहरुको जानकारी लिएर आउनु हुने नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्ष, महसचिब अनि बिमा बिज्ञलाई सहित उपस्थित सम्पुर्ण ब्रुसेल्स बासी दाजुभाइ दिदीबहिनीहरुलाई धन्याबाद दिनु भएको थियो।

सहभागीको हुने हरुमा सी.पी. भट्ट (नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्ष) ,यमु निरौला (नेपाली व्यवसायी संघ बेल्जियमको महासचिव), निमेगेअर्स जीएन क्रिस्त्तोफे (बिमा बिज्ञ),यज्ञ बहादुर गुरुङ ,बिमल गिरि ,लोक नाथ शर्मा ,सुरेश कुमार कोरंगी गुरुङ ,इशोरा शर्मा,गजेन्द्र (कमल) गुरुङ ,कमल कुमार पौडेल, सरस्वति सुबेदी,अम्बिका के .सी ,रिता थापा,नारायण सापकोटा,राजु थापा तथा प्रेम तिम्सिना रहेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...