Monday, February 20, 2017

मेरिल्याण्डका स्वयमसेबकहरु मन्दिर खोज्न जान्दा सुन फेला पारेकाछन्,

म्यारील्याण्डका स्वयमसेवकहरुले  चमत्कार देखाएका छन . म्यारील्याण्ड  , डिसी र भर्जिनिया बासिहरुका लागी अतिनै उपयुक्त ठाउमा  भर्जिनिया बाट जम्मा  एक घण्टा २० मिनेटको  दुरिमा मन्दिर को लागी महल सहित ३० एकड जमिन त्यसमा  पनि अतिनै सुन्दर ठाउमा   फेला पारेका छन् । हलको सुन्दरता र ठाउको निरिक्षण गर्ने हो भने स्वर्ग को ठाउमा  सुन खानी भेटाए झै र  सुन्दर स्थानमा  छ ।  त्यहाको स्वच्छ हावा र ठाउँको दृश्य  मात्र पनि हेरी राखु जस्तो छ ।
म्यारील्याण्डका स्वयमसेवकहरु   र  संघ  संस्थाहरुले एकछिन आफ्नो स्वार्थ बिर्सेर यो मन्दिर निर्माण  को लागि हातेमालो गर्ने हो भने भोलिको लागी  बिश्वमा एउटा म्यारील्याण्डका बासीहरुद्वारा  नयाँ इतिहास युग  कोर्ने छ । ३० एकड जमिनमा पौड़ी खेल्ने  , टेनिस  खेल्ने  र बास्केट बल खेल्ने स्थान जस्ता लगाएत कम्तिमा पनि ४ वट्टा सामुदायीक  भवन बनाउन मिल्ने  छ  । त्यसमा  १५० वट्टा भन्दा वड्डी गाड़ी पार्क गर्न मिल्ने  उपर्युक्त स्थान  छ । मन्दिर डाँडाको टुप्पामा पूर्ण रुपमा चम्किने गरि देखिन्छ, मन्दिर को ठेगाना १२२३१ हार्डफोर्ड रोड , ग्लेन आर्म , मेरील्याण्ड , २१०५७ मा रहेको छ ।
म्यारील्याण्डका स्वयमसेवकहरु र  संघ संस्थाहरु बिच सामुदायीक भवन पहिला बनाउने कुराले केहि भिन्न मत देखिएता पनि यस्तो सुनको खानीको उत्पादन  हुने जमिनमा सबैले मिलेर मन्दिरको  स्थापना पहिला गर्ने हो भने सामुदायीक  भवन बन्ने रकम १ वर्षमा मन्दिर को डोनेशनले नै  बन्नसक्ने देखिन्छ ।   किनकि सामुदायीक  भवन  नेपाली  समाजको  लागि मात्र   सदुपयोग हुन्छ भने  मन्दिर नेपाली बंगाली , भारतीय  नागरिक सबैको लागी सदुपयोग हुने र बढी  मात्रामा सामुदायीक भवन निर्माणको लागि रकम संकलन  हुन सक्ने देखिन्छ  । म्यारील्याण्ड राम्रो नाम  चलेको संघ संस्थाहरुको निर्माण  भएको ठाउँ हो । मन्दिर बन्न कसैले आ आफ्नो तर्फ बाट सहयोग गर्नकोलागि कुनै कमि कम्जोरि बाकि राख्ने  छैन । यो मन्दिर को लागि ठाउँ  खोज्दा सुन फेला पार्ने मेरिल्याण्डका  स्वयमसेवकहरु  सबै प्रसंसनीय  अनि धन्यबादको पात्र बनेका छ्न. यो मन्दिर चाडो भन्दा चाडो बनेको खण्डमा  यसबाट  धेरै अरु लाभदायक कुराको निर्माण  गर्न सकिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...