Wednesday, February 1, 2017

माघ १९ लाई सम्झिँदै पूर्वराजा ज्ञानेन्द्रले भने,‘त्यतिखेर मेरो महागल्ती थियो, त्यसैले राजसंस्था गयो’

काठमाडौं, १९ माघ। पूर्वराजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ को राजनीतिक कु घट्नालाई सम्झिँदै त्यतिवेला आफूबाट महाभुल भएको स्विकार गरेका छन्।

आफू निटकका पूराना राजतन्त्रनिकट तथा माघ १९ को कु घट्नाका राजनितिक खेलाडीहरुसँग आज नागार्जुन दरबारमा विशेष भलाकुसारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले त्यतिवेला आफूबाट गम्भिर भुल भएकै हो भनेर स्विकार गरेका छन्। आजको भलाकुसारीमा पूर्वराजा शाहले भनेको कुराको उद्धृत गर्दै स्रोतले भन्यो,‘’

आज माघ १९ अर्थात् प्रजातान्त्रिक व्यवस्थाको अन्त्यगरी तत्कालीन समयमा पूर्वराजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएको कालो दिनको रुपमा लिईन्छ। आजभन्दा ८ वर्षअघि २०६१ साल माघ १९ गते आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशिल तुल्याउने भन्दै ‘राजनैतिक कु’गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्तगरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डलको गठन गरेका थिए ।

संसदीय व्यवस्था अन्तर्गत निर्मित देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरंकुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालोदिन भन्दै सम्झिने गरिन्छ। तर पूर्वराजा ज्ञानेन्द्रले पनि आजको दिनलाई सम्झिँदै यसमा आफूले गम्भिर गल्ती गरेकै हो भन्ने निश्कर्ष निकालेका छन्।

२०५८ सालमा दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए। यो घट्नालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा व्यापक निन्दा गरिएको थियो।

स्रोतका अनुसार पूर्वराजा शाहले आजको पारिवारिक भलाकुसारीमा अब आफू पूर्ण प्रजातान्त्रिक मूल्य र मान्यताबाट नै अघि बढ्ने प्रण समेत गरेका छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...