Wednesday, February 1, 2017

झण्डा झुक्यो भने देश मर्छ : राष्ट्रकवि माधव प्रसाद घिमिरे

हाम्रो देशमा निक्कै परिवर्तन भयो । तर गहिराईमा पुग्दा उस्तै अभावका खाल्डाहरू भेटिन्छन् । उस्तै दुःखका पहाडहरू भेटिन्छन् । फेरिए केही व्यक्ति, फेरिए निश्चित पक्ष । लोकतन्त्र आयो केही व्यक्तिको लागि ।

वास्तवमा जनताका अधिकार कतव्र्यहरूलाई कुठाराघात गरिएको जस्ता जनगुनासा आईरहेका छन् ।
शहीद दिवसको अवसमा मात्रै शहीदलाई सम्झिने प्रक्रिया दुखद छ ।

सहिद दिवसको अबसरमा नेपाली देशभक्त यूवा समाजले राजधानीको माईतिघर मण्डलामा १० मिटर ईतिहासकै ठुलो राष्ट्रिय झण्डा फहराउनको लागि गरेको आग्रहलाई प्रसँशापूणृ तरिकाले स्वीकार गरेका घिमिरे १४ बर्षको उमेर देखि साहित्यको माध्ययमबाट राष्ट्र र जनता लेख्न थालेका हुन ।

उनै राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग नेपाली रेडियो नेटवर्कमार्फत प्रसारण हुने कार्यक्रम नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानिको सम्पादित अंश :

हामीले शहीदलाई कसरी सम्झिने ?

देशको लागि कसले कति कामगर्यो ? त्यसको हिसाबको आधारमा सम्झिने । जस्ले जीवन नै देशको लागि दिए । त्यहाँ भन्दा ठुलो योगदान के हुनसक्छ ?

शहीदहरूको सम्मान किन भएन ?

किन सम्मान भएन भने, जो कोहीलाई शहीद घोषणा गर्ने गरे । कुनै अस्तित्व नभएकालाई शहीदसँग जोडे यो काम राम्रो होईन । देशको लागि मर्नेहरूलाई मात्र शहीद हुन् ।

उसोभए मापदण्ड नै भएन भन्न खोज्नु भएको हो ?

हो । कुनै पनि मापदण्ड नै छैन् । शहीदहरूको मात्रे होईन राष्ट्रिय विभूतिहरूको पनि कुनै मापदण्ड छैन् । पैसा दिएर मानिसलाई मर्न लगाईन्छ ।

शहीदको सम्मान नहुनमा कसको दोस देख्नुहुन्छ ?

सबै भन्दा बढि कम्जोरी नेताको छ । राजनीतिक स्थापित भएको छैन् । एउटाले शासन गर्दा अर्कोले खुट्टा तान्छन् ।

हाम्रो देशमा आर्थिक बिकास किन भएन ? हामी कहाँनेर चुक्यौ ? बताउनुस् जनता जान्न चाहन्छन् ?

आर्थिक बिकासको मुल्य हाम्रो देशमा यति उति छ भनेर साध्यै छैन् । एउटा रुखको मुल्य र लडाईमा गएको लाउरेको कमाउने पैसा बढिछ ।

नेताले जनताको चाहना बमोजिम कामगर्न सकेनन् भन्न खोज्नु भएको हो ?

होईन । बिचराहरूले जेलनेल सबै गरेका छन् । स्थिर राजनीति भएन भन्ने खोजेको हुँ । १४ बर्ष देखि यो साहित्यमा राष्ट्र र राष्ट्रियता खोज्दै आएको छु ।

राजनीति स्थिर नहुनुका पछाडि कुन–कुन कारण लुकेका छन् ?

त्यो कारण तपाई आफै जान्नुस् ।

राजनीतिक दल बीच एकता नभएका कारण यसो भएको हो कि ?

राजनीतिक दल मिल्नुपर्छ । देशको भलाईको लागि निस्वार्थ भएर लाग्नुपर्छ ।

चुनावको कुरा चलिराखेको छ, यस सन्दर्भमा तपाईको भनाई के छ ?

आफ्नो देशको लागि बनाएको संविधान कार्यनवयन गर्नुपर्छ । चुनाव गर्नुपर्छ । देश कतातिर जादैछ त्यो कुरा जान्नुपर्छ । यदि यस्तो कुरा नबुझे देश बर्वात हुन्छ ।

त्यसो भए हाम्रो देशमा जारी संविधान ठिक छ या छैन् ?

संविधान बन्यो राम्रो बन्यो । संविधान मैले पढाएको मान्छे पनि हुँ । संविधान देशको लागि हुनुपर्छ । अहिलेको संविधान ठिक छ । केही समस्या आएको खण्डमा संशोसध गर्दै अघि जानुपर्छ ।

राजधानीको माईतिघरमा अहिलेसम्मकै ठुलो राष्ट्रिय झण्डोत्तोलन गर्नुभयो नि ?

हे यो झण्डा हाम्रो जीवन हो । झण्डा झुक्यो भने देशमर्छ । झण्डा फहरायो भने देश माथि उठ्छ । यो झण्डाको फोटो देखाएर कविता लेख्न लगाउँनुस् ।

जस्तै

दिउसो घाम राति लाग्ने जुन ।
एकै चोटी लागे कसो हुन्थो भन ।
यति कुरा बुझ्ने सबको रहर ।
हेर उता नेपालको झण्डा फरर ।।
दाजु जस्तो घाम बहिनी जस्तो जुन ।
एकै चोटी हाँसो कसो हुन्थ्यो भन ।।

भोली बालकले नारी पुरुष बराबर हुन् भनेर बुझ्छ । सधै उग्र भएर हुँदैन् । सबैले शान्ति भएर देशको लागि केही गर्नुपर्छ ।  राष्ट्रियताको लागि जीवनभर लेख्दै आए । आज यो झण्डा फहरायो । विदेशि पनि कोही आएर हेर्यो भने उसले वा कति ठुलो झण्डा भन्नेछन् । नेपाली देशभक्त यूवाहरूलाई धन्यवाद छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...