Wednesday, February 22, 2017

एरिजोनामा दाउराको मुढामा लुकाएर ल्याएको १ सय पाउण्ड गाँजा बरामत

एरिजोनामा भन्सार अधिकारीहरूले दाउराको मुढा भित्र करिव १ सय पाउण्ड भन्दा ज्यादा गाँजा लुकाएर ल्याएको अवस्थामा फेला पारेका छन् l अमेरिकन भन्सार र सीमा सुरक्षा बलका अनुसार सासाबे को बन्दरगाहमा अधिकारीहरूले एक फोर्ड मालबाहक गाडी (ट्रक)लाई शंका लागि रोक्दा उक्त गाजा फेला पारेका छन् l ४१ बर्षिय चालकलाई पक्राउ गरिएको छ l

नशालु पदार्थ भए नभएको पत्ता लगाउने कुकुरले असामान्य कुरा भएको संकेत गरे पछि पछाडी जाच पड्ताल गरेर हेर्ने क्रममा दाउराको मुढोलाई टुक्रा पारेर हेर्ने क्रममा उक्त गाँजा पुरियामा लुकाएर ल्याइएको पाइएको छ l र उक्त गाँजाको अमेरिकन बजार मुल्य ५३ हजार डलर भएको अधिकारीले अनुमान गरेका छन् l

टक्सन निवासी ति चालकलाई थप अनुसन्धानको लागि अध्यागमन तथा भन्सार बलको होमल्याण्ड सुरक्षाले जाँच गर्ने छ l
स्रोत :युपीआई /तस्बिर सौजन्य :युएस भन्सार तथा सिमा सुरक्षा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...