Thursday, February 2, 2017

टेक्सस ड्यालसमा युवाहरुको दोस्रो एनएससी सम्मेलन हुने

गत वर्ष लस एन्जलसमा सम्पन्न पहिलो एन एस सी सम्मेलनलाई निरन्तर दिदै युवाहरुकै संयोजनमा जून ३० देखि जुलाई २ सम्म सम्म टेक्सस राज्यको ड्यालसमा शहरमा हुने भएको छ ।

खेलकुदलाई बिशेष प्राथमिकता सहित आयोजना हुन गईरहेको यस सम्मेलनमा खेलकुदमा गत वर्ष भन्दा बढी कै नगद पुरुस्कारहरु राखिएको छ अमेरिकाभरि रहेका खेलकुद टिमका कप्तान, मनोरन्जनात्मक कार्यमा लागेका सक्षम युवा हरु सहितको टिमले नै एन एस सी आयोजना गर्नेछ ।

बिशेष गरेर गत वर्षका टिम/स्वयंमसेवकहरु सहित केहि नयाँ टिम तथा समुहहरु रहने कुराको जानकारी एन एस सी क संयोजक विश्व सुवेदी (बास बिस्सु )ले दिनु भएको छ ।

अमेरिकामा रहेका युवाहरुले पनि केहि गर्न सक्छन् खेलकुदलाई प्राथमिकता दिदै साथै अमेरिका भरि रहेका युवाहरुलाई समेट्ने उद्देश्य रहेको बताउछन् ।

आफुहरुको आयोजनामा हुने एस एन एस सी मा कुनै पनि राजनैतिक नहुने र युवा पिढीहरु मात्र रहने छ ।

गत वर्ष अमेरिकामा पहिलो पल्ट नेपालका ख्यातिप्राप्त नायिका प्रियंका कार्की र बिपुल छेत्रीले आफ्नो अमेरिका को भ्रमण यसै एन एस सी बाट गरेका थिए l खेलकुद सहित, बिभिन्न सांस्कृतिक कार्यक्रमहरु ,फेसन सो, कन्सर्ट, डीजे लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु पनि रहेको जानकारी कार्यक्रम संयोजक बिश्व सुवेदीले दिएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...