Thursday, February 2, 2017

सीके राउत जनकपुरबाट पक्राउ

जनकपुर, २० माघ । ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक सीके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । सिराहा घर भई जनकपुरको पुरानो बसपार्क नजिकै डेरा गरी बस्दै आएका राउतलाई धनुषा प्रहरीले विहिबार दिउँसो पक्राउ गरेको हो ।

केही दिनअघि प्रहरीलाई समेत झुक्याउँदै सिरहाको लहानमा आमसभा गरेका राउत धनुषामा बस्दै आएका थिए । राष्ट्र विखण्डन गर्ने उद्देश्यका साथ उनले खलुेयाम आमसभा गरेपछि गृहमन्त्री माथि नै प्रश्न उठेको थियो ।

धनुषा प्रहरी प्रमुख एसपी लालमणि आचार्यका अनुसार राउतलाई सिराहा प्रहरीको अनुरोधमा पक्राउ गरिएको र आजै सिराहा पठाइने छ ।

देश टुक्राउने गतिविधि गर्दै आएका राउत बेला बेला पक्राउ पर्दै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...