pk/fi6«klt k’g lj1fg k|bz{gLdf
pk/fi6«klt gGbaxfb’/ k’g ;fpyj]:6«g sn]hn] laxLaf/ sf7df8f}Fdf ;~rfng u/]sf] lj1fg k|bz{gLsf] cjnf]sg ug'{x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ, २० माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रको सुधारका लागि लगानी बढाउनुपर्ने अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ ।
साउथ वेस्टर्न स्टेट कलेजद्वारा आयोजित ‘सातौँ साउथ वेस्टर्न विज्ञान, प्रविधि तथा व्यवस्थापन प्रदर्शनी’ को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो– “परिवर्तित समयानुसार पाठ्यक्रम पनि परिमार्जन गर्दै आधुनिक शिक्षा प्रणाली अवलम्बन गर्न सक्नुपर्छ ।”
उपराष्ट्रपति पुनले “हाम्रो शिक्षा नीति र हामीले विद्यार्थीलाई दिइने शिक्षामा नै भोलिको नेपालको खाका तयार हुन्छ, त्यसैले समयानुसारको प्राविधिक र व्यावसायिक शिक्षामा हामीले जोड दिनुपर्छ” भन्दै “अझै पनि विभिन्न जिल्लाका बालबालिका आधारभूत शिक्षाबाटसमेत वञ्चित हुनु र हरेक वर्ष उच्च शिक्षाका लागि हजारौं नेपाली युवा विदेशिनुले पनि हाम्रो शिक्षा नीतिमा कहीँ न कहीँ समस्या छ, यसतर्फ हामी सबैले समयमै गम्भीर भएर सोच्नुपर्दछ बताउनुभयो ।”
कलेजले हरेक वर्ष देशभरका ४० भन्दा बढी कलेजका विद्यार्थीले बनाएका विज्ञान, प्रविधि र व्यवस्थापनका सामग्रीको प्रदर्शनी गर्दै आएका छन् ।
कलेज प्रमुख डा राजेन्द्र केसीले विदेशमा जस्तै नेपालमा नै विज्ञान, प्रविधि र व्यवस्थापन विषयमा अध्ययन हुन सक्ने र यहाँका विद्यार्थीले पनि ती क्षेत्रमा नयाँ अविष्कार गर्न सक्छन् भन्ने सोचका साथ विगत सात वर्षदेखि प्रदर्शनी गर्दै आएको जानकारी दिनुभयो ।
नेपालस्थित अमेरिकन राजदूतावासका प्रतिनिधि सुलभ भट्टले हरेक वर्षको प्रदर्शनीमा विद्यार्थीको उत्साहजनक सहभागिताले थप हौसला मिलेको बताउनुभयो ।
वसुन्धारास्थित कलेज परिसरमा राखिएको प्रदर्शनीमा २० हजारभन्दा बढी विद्यार्थी, अभिभावकले अवलोकन गर्ने विश्वास कलेजले लिएको छ ।
No comments:
Post a Comment