Thursday, February 2, 2017

राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण, निर्वाचनका लागि बाटो खुल्यो

काठमाडौँ, २० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद् बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।

निर्वाचन आयोग विधेयक, २०७३ र मतदाता नामावली विधेयक, २०७३ प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यो सँगै निर्वाचनका लागि मार्ग प्रशस्त भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...