Tuesday, February 21, 2017

सगुनमा लगानी गर्नु जोखिम कि अवसर-बिमल ज्ञवाली

कुनै पनि राम्रों कम्पनीमा लगानी गर्नु भनेको आफ्नो आम्दानीको श्रोत वा भनौ पुँजीलाई बढाउनु पनि हो । अमेरिकामा रहेका गुगल, फेसबुक, माइक्रोसफ्ट, अमेजन जस्ता कम्पनीमा शेयर हाल्ने हरुको सम्पति धेरै गुणा बढेका उदाहरण छन् ।अहिलेको विश्वमा उबर्दो रूपमा रहेको कम्पनी भनेका सबै आईटि सेक्टर नै रहेका छन् । भाइबर, स्न्याप च्याट जस्ता कम्पनीहरू अरबौं डलरमा बिक्री भएका छन् । नेपालीहरू द्वारा स्थापित आइटी कम्पनीहरू पनि भोलिका दिनमा यसै रूपमा नबढ्ला भन्न सकिने अवस्था छैन ।
केही नेपालीले सिलिकन भ्यालीमा आइटी कम्पनीको सुरुवात गर्ने जमर्को समेत गरेका छन् भने कोही सानो रूपमा सुरुवात गरिरहेका पनि छन् । यस्तैमा अमेरिकाको डिलावर राज्यमा दर्ता भई सञ्चालनमा रहेको नेपालीहरू द्वारा स्थापित सगुन कम्पनीले समेत मिनी आई पी को स्वीकृति लिएर विश्वभर प्रति कित्ता २३ डलरको ८,६९,५६४ कित्ता शेयर अधिकतम २० मिलियन डलर बराबर हुने गरी क्लास सी शेयर बिक्री गर्न लागिरहेको छ । यो शेयर जारी गर्नु अगाडी कम्पनीमा ३३,६७,१०० थान शेयर रहेकोमा २३,६१,००० क्लास ए शेयर गोभिन्द गिरीको नाममा प्रति शेयर १ सन्तको डरले २३६ डलर मा बिक्री गरेको, ९,९९,८०० क्लास बि कित्ता शेयर नातेदार र साथीभाईहरुलाई प्रति कित्ता १ सेन्टको डरले १०० डलरमा बिक्री गरिएको छ भने क्लास सी को ६,३०० कित्ता शेयर पहिले बाडी सकिएको छ । सबै गरी कम्पनीमा जम्मा ४२,३६,६६४ थान शेयर वा ९,७४,४३,२७२ डलर कुल पुँजी हुन आउनु पर्दछ ।
कम्पनीले अहिले जारी गरेको क्लास सी शेयरबाट २० मिलियन डलर सङ्कलन गरे पश्चात् करिब १०० मिलियन डलर जम्मा हुनुपर्ने हो । तर कम्पनीको अहिले सम्मको अडिट अनुसार घाटामा रहेको छ । अहिले जारी गरिने प्रति कित्ता शेयर २३ डलरले पहिले जारी भएको शेयरको रकम हेर्दा करिब ८० मिलियन डलर हुन आउँछ तर कम्पनीमा हाल सो रकम बराबरको सम्पति देखिदैन । कम्पनीमा अब २० मिलियन डलरको शेयर बिक्री भएपश्चात कम्पनीमा हुने सबै रकम कुल शेयर सङ्ख्याको आधारमा भाग लाग्ने हो भने लगानीकर्ताहरु लगानी गरेको भोलीपल्टबाट नै घाटामा जानेछन ।
उल्लेख गरिए अनुसार २० मिलियन डलरको शेयर बिक्री भएमा लगानीकर्ताको २० मिलियन ४ मिलियन बराबर हुनेछ । यदि २० मिलियन डलरको शेयर बिक्री नभई १० मिलियन डलरको मात्र बिक्री भएमा करिब १ मिलियन डलर हुन् पुग्दछ ।
कम्पनीको जुन सोच र योजना बनाएर बढेको छ त्यसमा सफल भएमा प्रति कित्ता शेयर बापत लगानी गरेको रकममा प्रतिफल आउन सुरु हुनसक्ने अवस्था आउन सक्दछ । सगुनको अवधारणा अनुसार चित्त बुझेर यसमा लगानी गर्न पनि सकिन्छ तर पुरा रकमको क्लास सी शेयर बिक्री गर्न सकेमा कम्पनी घाटामा गए पनि संचालकहरु भने मुनाफामा नै रहने देखिन्छ ।
माथि उल्लेख गरिएका कुराहरू सगुनले शेयर निष्कासन गर्नको लागि सम्बन्धित निकायमा पेस गरेको डकुमेन्टको आधारमा उल्लेख गरिएको हो, जस्मा उल्लेख गरिए अनुसार लगानी कर्ताहरुको रकम डुब्ने खतरा नभएको र संचालकहरु कम्पनी घाटामा गए पनि पोसिने अवस्था नरहेको भएमा प्रस्ट पारि दिएमा सबै नेपालीहरूले नेपालीद्वारा स्थापना गरिएको कम्पनीमा लगानी गर्नको लागि सफल हुनेथिए ।
थप जानकारीको लागि सगुनले पेश गरेको कागजपत्रको यस लिंकमा हेर्न सकिनेछ:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...