Thursday, February 2, 2017

सगुनले अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसन बाट योग्यता प्राप्त

विजय थापा ,वासिङ्टन डीसी, सगुनले अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसन (एस्‌ईसी) बाट योग्यता प्राप्त गरेको छ l सगुन डटकमले गुड न्युज(उत्तम समाचार )भनि आफ्नो आधिकारिक संजालमा खुशी प्रकट गरेको छ l

सगुनले मिनी आइपिओमा २ करोड डलर अर्थात २ अर्व भन्दा बढी लगानीको रुपमा जुटाउँने तयारी गरि रहेको छ l सगुन रेगुलेशन ए प्लस व्यवस्था अन्तर्गत मिनी आइपीओको लागि अन्तिम स्वीकृतीको पर्खाइमा रहेको अवस्थामा योग्यता प्राप्त हो l

सगुनको प्रयोगकर्ता तथा समर्थक रहेका ठूलो संख्याका सम्भावित लगानीकर्ताले लगानी गर्ने अवसर प्राप्त गर्नेछन्। सगून डट कमले गत दिसम्बर १८ तारीखका दिन मिनि आइपीओ (इनिसियल पब्लिक अफरिङ्ग) स्विकृती प्राप्त भएपछि सार्वजनिक गर्ने तयारी भेला सम्पन्न गरेको थियो l

सगुनले सामाजिक सञ्जालकै इतिहासमा पहिलो पटक मिनी आइपिओ (सानो प्रारम्भिक जन प्रस्ताव)मार्फत लगानी जुटाउने महत्वाकांक्षी योजनाका साथ कदम बढाई रहेकोले लगानीकर्ताहरु निकै उत्साहित भएका छन l

अमेरिकी स्टक एक्सचेन्ज ( धितोपत्र कारोबार )बाट स्विकृत प्राप्त भएपछि मिनी आइपिओ मार्फत लगानी जुटाउने सामाजिक सञ्जालहरू मध्ये सगून विश्वमा पहिलो कम्पनि हुने भएको छ l सगूनले मिनि आइपीओ मार्फत २० मिलियन अमेरिकी डलर लगानी संकलन गर्ने योजना बनाएको छ l

मिनी आइपीओ मार्फत लगानी गर्ने अवसरको बारेमा विश्व भरि रहेका सबै समुदाय विशेष गरि नेपाली समुदायमा जानकारी पु¥याउने उद्धेश्यले हालसम्मका लगानीकर्ताहरु सबै रहने गरि एक टास्क फोर्स ( कार्यदल )गठन समेत गरिएको छ l

सगुनले भने आफ्ना प्रयोगकर्ता एवं इच्छुक लगानीकर्तालाई वाटर टेस्टिङ मार्फत लगानीको लागि इच्छा ब्यक्त गर्न आव्हान गरेबाट सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्न लागेको पुष्टी समेत भएको हो l

वाटर टेस्टिङ भनिने यो प्रक्रियामा उलेख्य मात्रामा सर्वसाधारणले लगानीको चासो समेत देखाएका छन् । हाल सम्म ४ हजार १ सय ५४ भन्दा बढी व्यक्तीहरुले ७६ लाख १४ हजार ८ सय ६६ डलर भन्दा बढी लगानी गर्न इच्छा व्यक्त गरि सकेका छन् l आगामी फेब्रुअरी ९ तारिख ,२०१७ देखि मिनी आईपीओ सर्ब साधारणको लागि खुला गरिने छ l

लगानीको इच्छा व्यक्त गर्न को लागी  http://bit.ly/2iD4zi3

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...