Thursday, February 2, 2017

निर्वाचनको मिति घोषणा गर्नुपर्छ : एमाले उपाध्यक्ष रावल

धनगढी, २० माघ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सरकारले निर्वाचनको मिति यथाशीघ्र घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो – “निर्वाचनको वातावरण बनाउनका लागि एमालले सरकारलाई सहयोग गर्न तयार छ ।” उपाध्यक्ष रावलले संविधान संशोधन प्रस्ताव राष्ट्र र नेपाली जनताको हित विपरित तथा संविधान अनुकूल नभएको उल्लेख गर्दै यो प्रस्ताव बेमौसमको बाजा रहेको टिप्पणी गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...