Monday, February 27, 2017

वाशिङ्गटन राज्यमा नेपाली महोत्सव हुने

आगामी मार्च ४ शनिवार संयुक्त राज्य अमेरिकाको वाशिङ्गटन राज्यमा नेपाली महोत्सव हुने भएको छ । शोरलाइन नगरपालिका र युथ फर कल्चर प्रोमोशन नामक संस्थाको संयुक्त आयोजनामा हुने यस कार्यक्रमले सांस्कृतिक विविधतालाई प्रवर्धन गर्ने मुख्य उद्देश्य रहेको छ । कार्यक्रम वाशिङ्गटनको शोरलाइन टाउन हलमा आयोजना हुने छ l

‘कल्चर शेयर नेपाल’नाम दिइएको यस महोत्सव सम्पूर्ण उमेर र समूहका लागि मध्यनजर राखी आयोजना गरिंदैछ । यस महोत्सवमा नेपालका विभिन्न कलाकृति, हस्तकला, नेपाली बाजाहरुको प्रदर्शनी, नेपालको इतिहास र संस्कृतिका फोटो र भिडियो प्रदर्शनीका साथै अतिथिहरुलाई नेपाली खानाको समेत व्यवस्था गरिएको छ ।

यस महोत्सवका अर्को महत्वपूर्ण पक्ष नेपालका विभिन्न जनजातिका नृत्य र संगीतको प्रस्तुति रहने छ । यसका साथै महोत्सवमा नेपालका लोक बाजा र नृत्य सम्वन्धी कार्यशाला पनि हुने महोत्सव संयोजक र युथ फर कल्चर प्रोमोशनका संस्थापक सुभाषराम प्रजापतिले जानकारी दिएका छन् । सम्पूर्ण रुपमा नेपालको संस्कृतिलाई मात्र समेटेर आयोजना गर्न लागेको यस महोत्सव अमेरिकाको नगरपालिका स्तरबाट आयोजित सम्भवत प्रथम कार्यक्रम हो ।

यस बारे अन्य जानकारी निम्न वेबसाइटमा पनि उपलव्ध छ l

http://ift.tt/2m518W0

 

अन्य जानकारीको लागि सम्पर्क

सुभाषराम प्रजापति

Email: [email protected]
Phone: 206-859-7150

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...