“पानी अभियान वर्ष दिन पुगेको अवसरमा हरेक घर धारो हरेक गाउँ सिँचाइ हुने वातावरण तयार होस् । ” यहि मेरो शुभकामना ।
एक वर्षको अवधिमा पानी अभियानमा समाहित हुनुभएका आदरणीय दाताहरुप्रति सलाम गर्दै ती दाताहरुको नाम प्रकाशित गरेका छौ । यस कार्यमा सहयोग गर्नुहुने पत्रकार बुद्धिजीवी कलाकार एवम समाजका हरेक वर्ग हरु पानी अभियानमा शुभेच्छा प्रकट गर्नुहुने आदरणीय व्यक्तिहरुप्रति पनि आभार प्रकट गर्दछौ । २०१६ फेब्रुअरी २९ देखि २०१७ फेब्रुअरी अन्तिम सम्म ” हरेक घर धारो , हरेक गाउँ सिंचाइ ” नारा सफल होस् भन्ने चाहना व्यक्त गर्दै लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानमा प्राप्त सहयोग रकम र प्रतिवद्दता रकम जम्मा रु छब्बीस लाख एकासी हजार दुई सय छब्बीस रुपैयाँ प्लस कोरिएन वान आठ लाख १० हजार
प्राप्त रकम
रु आठ लाख एकहत्तर हजार नौसय छपन्न
प्रतिवद्दता रकम
रु अठार लाख नौ हजार दुई सय सत्तरी
बिभिन्न्न व्यक्तिहरुबाट झन्डै २ लाख बराबरको जिन्सी सहयोग गर्ने जानकारी जस्तो फ्रेन्च आर्मी कलाकार एवम अन्य व्यवसायिक व्यक्तित्वहहरु यसप्रकार पानी अभियानमा एक वर्ष भित्रमा झन्डै रु २९ लाख बराबरको सहयोग हुने खबर प्राप्त भएको छ । अब दोश्रो वर्षमा हामीहरु गैती बोकेर हिड्नुपर्नेहुन्छ खोलाखाल्सीहरु एवम जमिन मुनिबाट बैज्ञानिक तरिकाले पानी श्रोत खोज्नुपर्ने हुन्छ ।यस पानी अभियानमा विभिन्न व्यक्तिहरू पत्रकार कलाकार बुद्धिजीवी राजनितिकर्मी समाजसेवी एवम दातृ निकायहरुले पनि अभियानको नारा सफल पार्न आ आफ्नो तर्फबाट बिशेश भुमिका खेल्नु हुनेछ भन्ने आशा राख्दछु ।
पानी अभियान हाम्रो अभियान
सबै मिलि सफल पारौ
हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस्
Received Amount for Water campaign upto february 28 /2017
No comments:
Post a Comment