Monday, February 13, 2017

राप्रपामा आज को–को कलाकारहरू प्रवेश गर्दै छन्

 

काठमाडौं, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीमा दर्जन बढी कलाकारहरू आज विशेष कार्यक्रम गरेर प्रवेश गर्ने भएका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित होटेल अर्यालमा दिउँसो एक बजे हुने कार्यक्रममा अभिनेता रामचन्द्र पोखरेल, नायिका बेनिसा हमालसहितका दर्जन बढी कलाकारहरू प्रवेश गर्न लागेको गायिका कोमल ओलीले जानकारी दिइन् ।

उनले भनिन्, ‘राप्रपाको सिद्धान्त मनपराएका सयौँ कलाकारहरू आज पार्टी प्रवेश गर्न लाग्नु भएको छ । उहाँहरूलाई स्वागत गरिनेछ ।’

यसअघि रेखा थापा पनि राप्रपामा प्रवेश गरेकी थिइन् । माओवादी पार्टीको सिद्धान्त मन नपरेको भन्दै रेखाले पार्टी परिवर्तन गरेकी हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...