Monday, February 13, 2017

साविक विजेता लेस्टर सिटी रेलिगेशन जोनमा

काठमाडौं, २ फागुण । इंग्लिस प्रिमियर लिगको साविक विजेता लेस्टर सिटी लगातार पाँच खेलमा पराजित भएपछि रेलिगेशनमा पुग्ने देखिएकोछ ।

आइतबार राति भएको खेलमा लेस्टर सिटी स्वान्सी सिटीसँग पराजित भयो । घरेलु मैदानमा भएको खेलमा स्वान्सी सिटीले लेस्टरलाई २–० ले हराएको हो । स्वान्सीको जितमा एल्फी मावसन र मार्टिन ओल्सनले गोल गरे । ३६ औं मिनेटमा मावसनले गोल गर्दै स्वान्सीलाई सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा ओल्सनले स्वान्सीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले पछि परेको लेस्टर सिटीले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन ।

लेस्टर सिटीले सन् २०१७ मा अहिलेसम्म लिगमा एक गोल पनि गर्न सकेको छैन । लेस्टर सिटी सन् १९५६ पछि लिगमा लगातार पाँच खेल हार्ने पहिलो साबिक विजेता बनेको छ ।

सन् १९५६ को मार्चमा पनि अघिल्लो वर्षको विजेता चेल्सी लगातार पाँच खेलमा पराजित भएको थियो । हारपछि लेस्टर सिटी १७ औं स्थानमा झरेको छ र उ रेलिगेशन जोनबाट एक अंक मात्रै माथि छ ।

लिगमा लगातारको पाँचौं हारले लेस्टरलाई रेलिगेशनमा पर्ने खतरामा र्पुयाएको छ । उसको २५ खेलबाट २१ अंक मात्रै छ । लेस्टरलाई हराएको स्वान्सी सिटी २५ खेलबाट २४ अंकसहित १५ औं स्थानमा छ । एजेन्सीको सहयोगमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...