Monday, February 13, 2017

जर्मनीको राष्ट्रपतिमा फ्राङ्क वाल्टर स्टाइनमायर निर्वा्चित

काठमाडौं, २ फागुण । जर्मनीको नयाँ राष्ट्रपतिमा पूर्वविदेश मन्त्री फ्राङ्क वाल्टर स्टाइनमायर निर्वा्चित भएका छन् ।१२६० सदस्यीय निर्वाचक मण्डलमा स्टाइनमायरले ९३१ मत ल्याएर निर्वा्चित भएका हुन् ।

सोसल डेमोक्रेट पार्टीका सदस्य ६१ वर्षीय स्टाइनमायरलाई जर्मनीमा लोकप्रिय राजनेताको रुपमा लिइन्छ ।उनले यसअघि दुई पटक विदेशमन्त्री भएर काम गरिसकेका छन् । वर्तमान राष्ट्रपति यो आखिम गाउकको कार्यकाल आगामी मार्च १८ मा सकिँदै छ ।

७७ वर्षीय राष्ट्रपति गाउकले पाँच वर्षे कार्यकाल सकिएपछि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन अस्वीकार गरेका थिए । (एजेन्सी)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...