Monday, February 13, 2017

सगुनमा ७२ घण्टा भित्र १० लाख डलर लगानी

सगुनले मिनी आइपीओको सार्बजनिक घोषणा गरेको ७२ घण्टा नबित्दै लगानी कर्ताहरुले करिब १० लाख डलरको लगानी गरि सकेको सगुनले जनाएको छ l सगुनले गत फेब्रुअरी ९ तारिख विधिवत रुपमा सर्बसाधारणको लागि मिनी आइपीओमार्फत बिश्वबजारमा २ करोड डलरको सेयर निस्कासन गरेको थियो l

सगुनमा १ हजारभन्दा बढीले लगानी गरेका छन् । ७२ घन्टा नवित्दै ठुलो रकमको आवेदन परेकामा संचालकहरु उत्साहित भएका छन् भने लक्ष्य छिट्टै प्राप्त गर्ने सम्भावना भएको बताएका छन् l

अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक रुपमा सहभागि भएको सगुनका संचालकले बताएका छन् l हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्नु पर्ने हुन्छ l

सेयरको विश्व बजारमा नेपालीले स्थापना गरेको सगुनमा प्रवासमा रहेका नेपालीले लगानी गर्न पाउनु राम्रो अबसर पनि हो । त्यसमा पनि सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा लगानी भित्र्याउने घोषणा गरिसकेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...