नेपालमा उत्पादन गरिएका सामाग्रीलाई जापान लगायतका विश्वव्यापी प्रवर्द्धन गर्न गैरआवासीय नेपाली संघ एनआरएनए जापानले उद्योग मन्त्रालयको साथ पाएको छ ।
जापान लगायतका मुलुकमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि उद्योग मन्त्रालय र एनआरएनए जापानबीच बिहीबार एक समारोहकाबीच द्विपक्षिय सम्झौता गरिएको छ ।
जापान भ्रमणमा रहेका उद्योग मन्त्री नवीन्द्रराज जोशी तथा एनआरएनए जापानका अध्यक्ष सुदन थापा बीच नेपाली उत्पादनलाई प्रवर्द्धन र प्रचारप्रसारमा विषेश भुमिका निर्वाह गर्नका लागि लिखित सम्झौता गरिएको छ । नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा समेतको सहभागितामा भएको सो संझौता पछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार तथा दैनिक उपयोगमा ल्याउन पहल गर्नेछ । यसका लागि नेपाल सरकारका तर्फबाट विशेष सहयोग समेत गर्ने प्रतिवद्दता व्यक्त गरियो ।
मन्त्री जोशीले प्रवासमा रहेका नेपालीहरूले विदेशी सामाग्रीको तुलनामा नेपाली सामाग्रीलाई प्रयोगमा ल्याउन सकेमा नेपालका उधोगको विकास तथा रोजगारीको अबसर बढने सो धारणा राख्नु भएको थियो । नेपालमा संभाव्य स्थानमा घरेलु तथा साना उधोग सहित विश्वबजारमा खपत हुने हरेक प्रकारका उत्पादनको बजार राम्रो रहेको उहाले बताउनु भयो ।
एनआरएनए जापानले गरेको पहिलो प्रस्तावमा नेपाली उत्पादनलाई प्रवासमा उपयोग तथा बजार विस्तारमा देखाएको पहल सकारात्मक रहेको भन्दै उधोगमन्त्री जोशीले उद्योग मन्त्रालय हरेक अवस्थामा सहयोगका लागि तयार रहेको धारणा राख्नुभयो।
सो अवसरमा एनआरएनए उपाध्यक्ष भवन भट्टले एनआरएनएहरूलाई नेपाल सरकारले विशेष अवस्थामा साथ दिदै आएको भन्दै नेपालको पर्यटन प्रवद्धन सहित नेपाली उत्पादनलाई विदेशमा भित्राउन एनआरएनएहरू एकजुट भएर लाग्ने धारणा राख्नु भयो।
सो अवसरमा सहभागिहरूले एनआरएनए जापानको यो पहललाई विशेष उपलब्धीका रूपमा लिएको धारणा राखेका थिए ।
‘नेपालमै राजगारी सृजना गर्न नेपाल सरकार प्रतिवद्द छ’- उद्योग मन्त्री जोशी
समृद्द नेपाल निर्माणमा नेपाल सरकार पूर्ण रूपमा प्रतिवद्द रहेको भन्दै नेपाल सरकारका उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा उद्योगहरूको स्थापना गरि रोजगारीको अवसर बढाउन लागि परेको धारणा राख्नु भएको छ ।
बिहीबार टोकियोमा एनआरएनए जापानले आयोजना गरेको ‘नेपालको औद्यौगिक विकास र उत्पादन प्रर्वधनमा गैरआवासीय नेपालीहरूको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री जोशीले नेपालीले लगानी गर्ने ठाउमा नेपालीले र सामान्य लगानीले धान्न नसक्ने स्थानमा विदेशी लगानी गरेर भएपनि उद्योगको विकास गर्न सरकार प्रतिवद्द रहेको भनाई राख्नुभयो । यसका लागि लगानीको बातावरण र उत्पादनलाई बजारको संम्भाव्यता अध्ययनको सुरूवात गरिरकिएको धारणा राख्नुभयो ।
‘नेपालमा औद्यौंगिक विकासका लागि नयाँ रणनीतिहरू वारेमा वृहत अध्ययन सुरू भई सकेको छ, जापान लगायतका मुलुकमा रहेका गैरआवासीय नेपालीहरूसंगको विशेष साथ र सहयोगको समेत अपेक्षा गरेका छौ ।’ मन्त्री जोशीको भनाई थियो ।
कार्यक्रममा उहाले विदेशमा वसेर पनि अनलाईन मार्फत नेपालमा उधोग दर्ता, लाईसेन्स लगायतका सेवा लिन सकिने डिजिटल प्रणालीको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिनुभयो ।
‘मुलुकको समृद्धिका लागि नेपालमा लगानी बढाऔ’- डेपुटी गर्भनर सिवाकोटी
समृद्ध नेपाल निर्माणका लागि नेपालमा उत्पादन र लगानी बढनु आवश्यक रहेको भन्दै नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले नेपाली उत्पादन निर्यात भन्दा आयातको अनुपात तुलना गर्न नसकिने हिसावले बढेकाले यसको सन्तुलन आवश्यक रहेको धारणा राख्नु भयो ।
समृद्ध नेपाल निर्माणका लागि उत्पादनमा वृद्दि गराउन उद्योगको संचालर र लगानी बढाउनु आवश्यकता रहेको उहाँको भनाई थियो।
‘नेपालमा पर्यटन र उत्पादन बढाउन विश्वभरीका नेपाली एकजुट बनौ’- एनआरएनए उपाध्यक्ष भट्ट
यसैबीच अन्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष भवन भट्टले नेपालमा पर्यटन उद्योग र स्थानिय उधोगको विकास र यसको सम्मवर्धन अनिवार्य रहेको धारणा राख्नुभयो । उपाध्यक्ष भट्टले नापालीले नै नेपाली सामानको प्रर्दद्धन गर्न सक्ने भएकाले यसका लागि विश्वभरिका गैरआवासीय नेपालीहरूले एकजुट भएर पहल गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
यस्तै एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापाले नेपालको समृद्धिका लागि ठोस योजना मुलक कार्यक्रम आवश्यकता रहेको धारणा राख्नु भयो । यस्तै जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्रले नेपालका केही कानुनी विषयमा अष्पष्टताका कारण जापानी लगानीकर्ताहरूले चाहेको लगानी हुन नसकेको र यसका लागि आफुले पहलकदमी जारी राखेको धारणा राख्नु भएको थियो ।
दुई चरणमा विभाजन गरिएको कार्यक्रमको अन्तिम चरणमा सहभागिहरूको प्रश्नलाई अतिथिहरूले सम्वोधन गर्नु भएको थियो।
No comments:
Post a Comment