Thursday, February 23, 2017

भर्जिनियामा हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ६ जना स्थानीय गिरोहलाई पक्राउ

भर्जिनियाको फेयर फ्याक्स काउन्टीमा एक व्यक्तिको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ६ जना स्थानीय गिरोहलाई पक्राउ गरेको छ l उनीहरुलाई प्रहरीले फिलाडेल्फियाको नगर क्षेत्रको बाहिरको न्युटाउनमा पक्राउ गरेको जनाएको छ l

पक्राउ पर्ने हरुमा २४ बर्षिय इडगार ओसवाल्ड़ो ब्लान्को टोरेस ,२० बर्षिय होजे मार्टिरल्यरिओस इस्पेनल तथा १७ बर्षिय किशोरलाई गत फेब्रुअरी २२ तारिख बुधबार पक्रिएको जनाएको छ l यसै गरी फेब्रुअरी २३ तारिख बिहिबार प्रिन्स विलियम काउन्टीले १८ बर्षिय सामुअल इनरिक भिलालोबोस सान्चेजलाई स्ट्रोस्बर्ग पेंसेलभानिया बाट पक्राउ गरिएको छ l उनीहरुलाई २१ बर्षिय क्रिस्चिएन एलेकजेनडर सोसा रिवासलाई मारेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ l

l गत महिना हत्या भएका ति युवकको लाश पोटोम्याक नदीको डमफ्रिजमा फेला परेको थियो l ब्लान्को टोरेसलाई अपराध तथा षडयन्त्र गरेको आरोप लगाइएको छ भने १९ बर्षिय एन्जेलिका मारिया ब्लान्को तथा १८ बर्षिय केरी सुहे गोंजालेज़लाई सह- ष डयन्त्रकारीको आरोप लगाउदै केहि समय अगाडी बाल्टिमोरबाट पक्राउ गरिएको थियो l

प्रहरीले पक्राउ गरीएका सबै कुख्यात हिंसात्मक गिरोह एमएस -१३ का सदस्यहरु रहेको दाबी गरेको छ l यिनीहरुको सम्बन्ध फेब्रुअरी ११ तारिखमा मेरिल्याण्डको गेथर्सबर्गकि १५ बर्षिय एलेकज्यानड्रा रियेस रिभास किशोरीलाई भर्जिनियाको औधोगिक क्षेत्र मा ल्याएर हत्या गरिएको अवस्थामामा लाश फेला प्रहरीले परेको थियो l

प्रिन्स विलियम काउन्टी प्रहरी ले एफबिआइ ,युएस मार्सल फरार कार्यदल तथा स्थानीय प्रहरी बल को सहयोगमा ३ जना संदिग्ध लाई पत्ता लगाएको समाचार डब्लुटिओ ले लेखेको छ l

५ वयस्क तथा किशोरकिशोरी लाई भर्जिनियालाई सुपुर्दगी गर्ने बुझिएको छ भने गत हप्ता मात्र यहि शिलशिलामा १० जनालाई आरोप दाखिला गरिएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...