ध्रुब क्षेत्री’ दोहा कतार , फाल्गुन ४ – बिदेसी भुमिमा रहेर पिडा सहनु वा भोग्नु नेपाली को भाग्य वा बाध्यता, नेपालमा रहेका बिचौलिया र मेनपावोर को नाममा ठगि दलाली गर्ने मानब तस्करहरुको बिस्वाश मा लाखौ खर्च गरेर अरब को कुना कन्दरा मा अबस्थित नाम नचलेका साना तिना कम्पनिमा श्रम बेच्न नेपालका दूरदराज गाउ बस्ति का नेपालि बाध्य छन्! उनीहरु आफ्नै ब्यक्तिगत उदेश्यमा सिमित मात्र निहित थिएनन् घर परिवार, सके समाज र सरकारलाइ समेत आफुले आर्जेको रेमिटेन्श बाट धनि बनाउने उदेस्यमा थिए! तर बिडम्बना नेपाल बाट अनेक बहानामा पठाइन्छ र यहाँ दुखः र समस्यामा अल्झिदा हेर्ने वा सहयोग / चासो दिने कुनै अधिकारिक निकाय हुदैन! सरकार को पौच अर्थात विदेशमा आफ्नो गार्जेन नेपाली दुताबाश कानमा तेल हालेर बस्छ र जानकारी दिन जाने नेपालीलाई अनेकौ कानुन का पाठ सिकाएर समाधान का उपाया बेगर फिर्ता पठाई दिन्छ भने गैर नेपाली सस्थाहरु देखे नदेखे गर्छन यस्तै समस्या संग संगर्षरत छन वैदेशीक रोजगारकिो शिलसिलामा कतार आईपुगेका असी (८०) जना नेपाली युवाहरु!
करिब चार महिना देखी ८० जना नेपाली अलपत्र परेका छन् भने कतार ल्याउने कम्पनी सञ्चालक आफै कामदारलाई तलब नदिई सम्पर्क विहिन भए पछि उनीहरु अलपत्रमा परेका हुन् । विगत दुई महिना देखि उनीहरुले कतारमा रहेका आफन्त तथा चिनेजानेका नेपाली सँग सहयोग मागेर दैनिक एक छाक मात्र खाएर दिन काटि रहेका छन् । आफुलाई ल्याउने कम्पनीका अधिकारिक ब्यक्तिहरु भागेपछि कतार स्थित नेपाली दुतावासमा पटक पटक सम्पर्क गर्दा पनि दुतावासले गम्भीरता नलिएको र कुनै प्रक्रिया वा सल्लाह नदिएका ले यहा को सरकारी निकया स्थित कानुनी प्रक्रियामा जान समेत समस्या परेको उनीहरुको गुनासो छ। नेपाल मा झलक्क हेर्दा भेडा थुन्ने जस्ता भत्किएका बेड र साघुरा कोठामा १२ जना भन्दा बडी मान्छे बस्न बाध्य उनीहरु साघुरो बसाइमा एकआपश को स्वश प्रस्वाश तथा खानाको कारणले बिरामी पर्न लागेका र औषधि उपचार मा समस्या परे पछि थप चिन्तित देखिएका थिए।
उक्त समस्यालाइ बिभिन्न सोसियल मिडिया मार्फत जानकारी पाउना साथ कतार स्थित अन्तर्राष्ट्रिय नेपाली समाज कतार -INSQ (नयाँशक्ति नेपालको विदेश बिभाग) ले आफ्नो ध्यान आकर्षण भएको जनाउदै आफ्ना कतारका सङ्गठन संयोजक बि बि खराल, मुस्लिम विभागका संयोजक इब्राहिम मिया, कलिम मिया, बसिर मिया,मनोज दाहाल लगाएत लाइ कतारको सनैया स्थित पिडितको क्याम्पमा पुगेर पिडित कामदार सँग छलफल गर्न आग्रह गरे अनुसार उहा हरु मंगलबार त्यहाँ पुगेर समस्या र अबस्था को बारेमा जानकारी लिनु भएको जनाएको छ। पिडित संगको भेटघाटको क्रममा बोल्दै INSQ कतारका संयोजक बि.बि. खरालले पिडित कामदार लाई तत्काल उद्धारको लागि पहल गर्न नेपाल सरकार सँग माग गर्दै अलपत्र परेका नेपालीलाई सहयोग गरिदिन र सोस्था रुपमा नेपाल फर्किने बातावरण बनाइदिन कतारमा अवस्थीत नेपाली दुताबाश, विभिन्न बैचारिक तथा जिल्ला संघ संस्थालाई अनुरोध गर्नु भएको छ । खरालका अनुसार कानुनी कारबाहीको लागि पिडित कामदारलाई अत्यावश्यक पर्ने अरबी, अङग्रेजी भाषा नआउने भएकाले थप समस्या परेको जनाउदै आफु र आफ्नो संगठन INSQ ले त्यसको लागि सग्दो सहयोग गर्ने बताउनु भयो ।
No comments:
Post a Comment