Wednesday, February 15, 2017

गायिका कोमल वलीले राजीनामा दिइन्

 

काठमाडौं । गायिका कोमल वलीले रेडियो नेपालबाट राजीनामा दिएकी छन् । राप्रपामा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेकी ओलीलाई रेडियोले स्पष्टिकरण सोधेपछि उनले वर्षाै पुरानो जागिर छाड्ने निर्णय गर्दै राजीनामा पत्र बुझाएकी हुन् ।

स्पष्टिकरणका क्रममा उनलाई राजनीति वा जागिरमध्ये एक रोज्नुपर्ने भनेपछि उनले राजनीतिलाई रोजिन् । रेडियो नेपालमा अधिकृत स्तर भन्दा माथिल्लो तहका कर्मचारीले राजनीतिमा भाग लिन नपाउने नियम छ । वली अहिले राप्रपाको केन्द्रीय सदस्य हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...