Saturday, February 18, 2017

रद्धि पूरानो जर्जर टिवी (दूरदर्शन)भित्र लुकाएर राखेको एक लाख डलर नगद भेटियो

क्यानाडा स्थित रद्धि ,काम नलाग्ने र फ्याकिएको टिवी (दूरदर्शन) माल किनी पुनर्चक्रण (रिसाइकल) गर्ने एक उद्योगले पूरानो जर्जर दूरदर्शनबाट एक लाख डलर नगद फेला पारेको छ l

पुनर्चक्रण (रिसाइकल) गर्ने क्रममा एक कामदारले दूरदर्शन भित्र एउटा गोप्य सन्दुक (बाकस) भेटे पछि नगद भेटेका हुन् l एक लाख डलर भन्दा भन्दा ज्यादा गत जनवरी महिनामा फेला पारेको हो l उक्त जानकारी सीटिभी नेटवर्क नामक संचार माध्यमले यसै हप्ता जनाएको छ l

नगद रकम गुप्त रुपमा चार वटा चाङ्ग लगाएर राखिएको जानकारी उक्त मर्मत तथा पुनर्चक्रण गर्ने प्रतिष्ठानका महा प्रबन्धक रिक् डेसच्याम्सले दिएका छन् l उनले आफ्नो कर्मचारीले यति रकम भेट्दा ईमान्दारी देखाएकोमा मुक्त कण्ठले प्रसंसा गरेका छन् l

पैसा संगै अपरिचित ६८ बर्षिय दुरदर्शनका पुराना मालिकले आफ्नो साथीलाई ३० बर्ष अगाडी उक्त दुरदर्शनका अनुसन्धानकर्ता लाई बताएका थिए l उनले आफ्नो समान भित्र पैसा राखेको बिल्कुल बिर्सेका थिए l उनले उक्त रकम आफ्ना परिवारका सदस्यहरुलाई पैतृक सम्पत्तिको रुपमा दिने योजना रहेको प्रहरीले जनाएको छ l

अन्तत्वगत्वा ति व्यक्तिले उक्त रकम फेरी प्राप्त गरेको प्रहरीले जनाएको भनि सीएनएनले लेखेको छ l
तस्विर स्रोत :सीएनएन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...