Saturday, February 18, 2017

प्रजातन्त्र हराएको छ कतै देख्यौ कि ?

ग़ज़ल :
सुमित्रा घिमिरे दवाडी

प्रजातन्त्र हराएको छ कतै देख्यौ कि ?
जनताको घर दैलोमा कतै भेट्यौ कि ?

हुने खानेहरुको पन्जा भित्र छ रे ऊ त,
भजाएर नाम उसको गला रेट्यौ कि ?

उद्योगहरु बन्द भए, पार्टीहरु खुलेपछि,
निचोरेर उसकै रगत प्यास मेट्यौ कि ?

सबैलाई राम्रो भन्थे  प्रजातन्त्र आएपछि,
चिथोरेर उसकै जिउँदो लाश टेक्यौ कि ?
-चितवन , हाल इज़रायल

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...