Saturday, February 25, 2017

अष्ट्रियाका स्वास्थ्य मन्त्रीको निधन

भियना (अष्ट्रिया), १३ फागुन । अष्ट्रियाका स्वास्थ्य र महिला मामिला मन्त्री साबिने ओबेर्हाउसेरको बिहीबार निधन भएको छ ।

क्यान्सरका कारण उहाँको ५३ बर्षकै उमेरमा निधन भएको चिकित्सकहरुलाई उद्धृग गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उहाँको क्यान्सर सन् २०१५ को सुरुमै पत्ता लागेर उपचार गराईरहेको भएपनि उपचार सफल हुन नसकेपछि उहाँको निधन भएको हो ।
सिकिस्त बिरामी भएपछि उहाँले केही समयदेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निर्वाह गर्न सक्नु भएको थिएन ।

केही समय उहाँको स्वास्थ्य अवस्थामा सुधार भएको बताइएको थियो । यही फेबु्रअरीको सुरुमा उहाँलाई फेरी अस्पतालमा भर्ना गरिएको थियो । – सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...