Saturday, February 25, 2017

एक्लोपनले मानिसलाई जिउन सिकाउछ : मोडल प्रमिला न्यौपाने

धनराज वास्तविक : काठमाडौं, १३ फागुन। ‘हरेक मानिसको ओठमा गीत हुन्छ, हरेक मानिसको पैतलामा नाच हुन्छ’ यो नेपाली कला क्षेत्रमा गाढा रुपमा लागु भएको शब्दावली हो ।

कला क्षत्रमा आउने र जानेहरूको कथा धेरै मानिसले पढिरहेका होलान्। कति रमाउछन् त कति पलायन हुन्छन्। एउटा कुनामा बसेर सपना बुन्ने र अरुले गरेको प्रगतिका समाचार सुन्ने मानिस जब स्वयम त्यो स्थानमा आउछ त्यस पछि त्यो हावा पानिले वहुतै प्रभाव पार्छ।

उदयपुर जिल्ला ठोकशिलामा जन्मेकी प्रमिला न्यौपाने वर्तमान समयमा नेपाली कला क्षेत्रको धर्ती आकासमा आफ्नो परिचय बनाउने आफुलाई चिनाउँने प्रयास गरिरहेकी एउटी नारी हुन्। विगत एक बर्ष यता नेपाली टेलिसिरियलमा अभिनय गर्ने र गीतमा मोडलिङ गरि रहेकी छिन्।

यसै क्षेत्रमा आफ्नो भविष्य खोज्ने प्रणका साथ अघि बढिरहेकी मोडल न्यौपानेलाई समाज सेवि नविन योगीले उनलाई यो कला क्षेत्रमा लाग्नको लागि उत्प्रेणा दिएका हुन्। अर्को तर्फ दिदी प्रतिमा न्यौपानेको पनि ठुलै साथ छ।

रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानिमा अहिलेसम्म प्रेमको फन्दामा नपरेको र यो क्षेत्र प्रेमील रसले भरिएको स्विकार गरिन्।
उनले भनिन्,‘म आजका दिनसम्म प्रेमको भूमरिमा फसेकी छैन्, सायद मेरो फालो आउदै छ पनि, प्रेम जीवनको लागि एक्दमै आवश्यक छ, प्रेमको मातले छोएपछि कोही मानिस पनि उम्किन पाउँदैन भन्ने मलाई लाग्छ, हिजोका दिनमा नजानिदो पारामा गरेको प्रेम आज आएर अतित बन्दो रहेछ।’

तपाईले केटा नपाउनु भएको हो कि केटाले तपाईलाई मन नपराएका हुन भनेर गरिएको प्रश्नको जवाफमा भनिन्,‘ कसैले कसैलाई मन नपराएको र नभटेको भन्दा पनि खासमा मनखाने नभेटेको भन्दा अतियूक्ति हुन्छ जस्तो मलाई लाग्छ।’

जीवनमा कहिले रुनु भएको छ भनेर गरिएको प्रश्नको जवाफमा भनिन्,‘म धेरै राएकी छु, विगतका दिनमा आफुले चाहेका कुरा नपुग्दा म ज्यादै दुखि भएको हुन्छु, एक्लो पनले छोएको हुँदा पनि रुन्छु, तर एक्लो पनले जीवनलाई संघर्षको बाटोमा हिडाउन सहयोग थर्दो रहेछ।’
राजु गिरीको विन्दास लाईफ नामको चलचित्रमा अभिनय गर्न सफल भएकि न्यौपाने अहिले प्लस टु अध्ययनरत छिन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...