Saturday, February 25, 2017

लेस्टर सिटीका प्रशिक्षक रानिएरी बर्खास्त

काठमाडौं, १३ फागुण। गतवर्षको प्रिमियर लिग विजेता क्लब लेस्टर सिटीले प्रशिक्षक क्लाउडियो रानिएरीलाई वर्खास्त गरेको छ।

च्याम्पियन्स लिगमा सेभिल्लासँग २–१ ले हारे लगत्तै रानिएरीलाई बर्खास्त गरिएको हो । जारी सिजनमा लेस्टर सिटीले खराब प्रदर्शन गरेपछि क्लबले रानिएरीलाई बर्खास्त गरेको हो ।

प्रिमियर लिगको यो सिजनमा लेस्टर सिटी रेलिगेसन जोनभन्दा एक स्थान मात्र माथि छ ।क्लबको व्यवस्थापन समितिले नेतृत्व परिवर्तन अहिलेको आवश्यकता भएकाले रानिएरीलाई बर्खास्त गर्नुपरेको बताएको छ ।

रानिएरी क्लबका लागि अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक रहे पनि तत्काल क्लबको प्रतिष्ठा जोगाउनु मुख्य कुरा रहेको व्यवस्थापकीय पक्षले बताएको छ । एजेन्सीको सहयोगमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...