Saturday, February 25, 2017

मेरिल्याण्ड बस बिसौनी मा दुई किशोरकिशोरीलाई गोलि प्रहार

फेब्रुअरी २५ ,अमेरिकाको मेरिल्याण्ड राज्यको मेट्रो स्टेसनमा सार्बजनिक यातायातको साधन यात्री बाहक गाडी (बस )पर्खि रहेका दुई किशोर किशोरीलाई एक शंकास्पद व्यक्तिले गोलि चलाएका छन् l

डीसी महानगर क्षेत्र प्रहरीका अनुसार आज एका बिहानै प्रिन्स जर्ज स्टेसन को नेलर सडकमा किशोर तथा किशोरीलाई गोलि चलाएको जनाएको छ l ति किशोर किशोरी बिहान २ बजे यात्री बाहक गाडी (बस )पर्खि रहेको समयमा घटना घट्न पुगेको हो l गोलि चलाउने संदिग्ध व्यक्तिले १६ बर्षिय युवती तथा १५ बर्षिय युवालाई गाडीको प्रतिक्षा गरि रहेको अवस्थामा गोलि चलाएका थिए l

प्रहरी अधिकारीका अनुसार किशोरको अवस्था चिन्ताजनक रहेको तथा किशोरीको अवस्था जीवन जोखिम नरहेको बताईएको छ l डीसी मेट्रो तथा प्रिन्स जर्ज काउन्टी प्रहरीले अनुसन्धान जारी राखेका छन् र अहिले सम्म कुनै पक्राउ गरिएको जानकारी नभएको प्रहरीले जनाएको डीसी क्षेत्रको संचार मध्यम डब्लुटि ओ पी ले समाचार लेखेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...