Sunday, February 19, 2017

रुपन्देहीमा प्रहरी चौकीमा ढुंगामुढा, प्रहरीको हतियार लुटियो

भैरहवा, ८ फागुन । रुपन्देहीको दक्षिण मर्चवारस्थित वडवलिया प्रहरी चौकीमा ढुगांमुढा भएको छ । र, एक थान हतियार पनि लुटिएको छ ।

ढुगांमुढा हुँदा तीन जना प्रहरी घाइते भएका छन् । सीके राउतका कार्यकर्ताको कमाण्डमा आएको स्थानीयको एक टोलीले प्रहरी चौकीमा आक्रमण गरेको रुपन्देही प्रहरी स्रोतले बतायो ।

ढुंगामुढापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको छ ।

लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाका अनुसार झडपको क्रममा प्रहरीको साथमा रहेको लङ ब्यारेल गन नामक एउटा हतियार लुटिएको छ । हतियारको खोजी भइरहेको र ढुंगामुढा गर्नेको पहिचान गर्ने कार्य थालिएको रुपन्देही प्रहरी प्रवक्ता वेलवहादुर पाण्डेले बताए ।

शनिबार पनि मर्चवार क्षेत्रको मझगावामा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । आजको घटनामा पनि उनीहरुकै संलग्नता रहेको प्रहरीको दाबी छ ।

घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...